
धनगढी–कैलालीमा नेपाली काँग्रेसको वडा स्तरको अधिवेशन स्थगित भएको छ । भदौ १८ गते हुने भनिएको वडा स्तरको अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो ।
नेपाली काँग्रेस कैलालीले एक सूचना जारी गर्दै जिल्लमा हालसम्म क्रियाशिल सदस्यको नामावली उपलब्ध नभएको भन्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि वडा स्तरको अधिवेशन स्थगित भएको बताइएको छ ।
जिल्ला उपसभापति प्रकाश बमका अनुसार जिल्ला कार्य समितिबाट निर्णय गर्दै २२ गते वडा अधिवेशन गर्ने तयारी भइरहेको जिल्ला उपसभापति प्रकाश बमले बताए ।
दिनेश खबरबाट साभर ।