मिन बहादुर खड्का/बाजुरा–नेपाली काँग्रेसको आसन्न सातौँ जिल्ला अधिबेशनको पुर्व सन्ध्यामा नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका सचि रनसिंह ऐडीले एकता र सहमतिको अधिबेशन भए आफुले उम्मेदवारी दिने पद त्याग गर्ने बताएका छन । पौरखी बहसमा बोल्दै नेता अएडीले आफु भन्दा पनि पाटी बलियो हुनु पर्ने बताएका हुन । आसन्न नेपाली काँग्रेसको वडा देखि गाँउ स्तर हुदै जिल्ला अधिबेशनमा सबै तह र तप्काका नेता तथा कार्यकर्तालाइ मिलाएर अगाडी लैजाने कुरामा बिश्वास दिलाउनु भएको हो । पौरखी बहसमा बोल्दै नेता अयडीले यो अधिबेशनले नेपाली काँग्रेस बाजुराको मात्र नभई देशकै ठुलो पाटी बन्ने बताउनु भयो ।
पाटीको अधिबेशन सभ्य र भब्य तरिकाले सम्पन्न पार्नका लागी विभिन्न प्रयासहरु भैरहेको जानकारी उनले बताए । अधीबेशननको पुर्व सन्ध्यामा आवश्यक तयारी थालिएको पनि सचीव अएडिले बताएका छन । नेपाली काङ्ग्रेस लोकतान्त्रिक विधि र पद्धतिका साथ अघि बडेको पार्टी भएकोले लोकतान्त्रिक पार्टीमा बैचारिक बहस हुनु स्वभाभिक बिषय भएको उनको भनाइ हेको छ । बिगतका दिनहरू सामाजिक संजालमा फैलाएको अपवाह हल्ला फैलाउने गरि भ्रमात्मक समाचार तथा, थिए तसुचना प्रकाशन गरेको प्रती आफ्नो आपत्ति रहेको उनले बताऐ । सबै नेता कार्यकर्ता एकै ठाउँमा उभिएर बाजुरेली जनताका जनभावनालाई कदर गर्न सक्ने नेतृत्व चएन गर्ने कुरामा लाग्न पनि सचिव अयडीले अनुरोध गरेका छन । नेपालि कांग्रेस बाजुरालाई बाजुरेली जनताको प्रिय र बलियो पार्टी बनाउने तर्फ सबै नेता कार्यकर्तालाई एक ठांउमा उभिन आग्रह समेत गरेका हुन ।
नेपाली कांग्रेस जनताको हक हित र समग्र देगशको बिकास र समिर्धिका आगि ठूलो त्याग तपस्या र बलिदान दिने पार्टी भएकोले बाजुराको जिल्लाको संदर्भमा जिल्लाको बिशाल पार्टी बन्ने कुरामा आफू बिश्वष्ट रहेको सचिव अयडीले बताए ।