
बाजुरा–जिल्लाको बुढीगंगा नगरपालिका वडा ९ बिर्खम्म डाडाँको जंगलमा भालुको आक्रमणमा परि एक महिला गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा सोही वडा कि २१ वर्षिया कौसिला नेपाली रहेकी छन् ।
बिहिबार दिउसो ४ बजे गोठालो जाने क्रममा नेपालीलाई भालुले आक्रमण गरेको स्थानियले बताएका छन । घाइते महिलालाई थप उपचारका लागि बयालपाटा अस्पतालमा लिने तयारी गरेको आफन्तले बताएका छन । घाईते महिलाको टाउको,मुख र घाटीमा गम्भिर चोट लागेको बताइएको छ ।
जंगली भालुले बडिमालीका नगरपालीका वडा न ७ रजातोलीमो लगाएको आलु मकै भट्ट र सिमि खाएर नस्ट गरेको स्थानियलृ बताएका छन । लगाएको बाली लाई नस्ट गर्दा खाने आहारा नै खोसिएको स्थानियको गुनासो रहेको छ ।