
बाजुरा –नेपाली काँग्रेसको १४ औं महाधिवेशन तथा सातौं जिल्ला अधिवेशनको तयारी भइरहेका बेला केन्द्रीय समितिले बाजुराका क्रियासशिल सदस्यहरुको नामावली नदिदा नगर तथा गाउँपालिकाका ६९ वडाको अधिवेशन स्थगित भएको छ ।
बिहीबार नेपाली काँग्रेस बाजुराले एक सूचना जारी गर्दै केन्द्रीय समितिले क्रियाशिल सदस्यहरुको नामावली पार्टीको बेवसाइडमा नराखेको र जिल्लाकोअधिवेशनका लागि खटाइएका निर्वाचन अधिकृतलाई समेत नबुझाइएकाले शुक्रबारबाट सुरु हुने वडा अधिवेशन स्थगित गरिएको पाटी सचिव तथा अधिवेशन तयारी उप समितिका संयोजक रनसिंह अयडीले बताए ।
पाटी सभापति कविराज पण्डित रसचिव रनसिंह अयडीद्धारा हस्ताक्षरिक सूचनामा पाटीले क्रियाशिल सदस्यको नामावली जिल्लामा आउने निर्वाचन अधिकृतलाई नदिएकोले वडामा खटाइने मतदान अधिकृत समेत बाकी रहेकाले भदौ १८ गते हुने वडाअधिवेशन स्थगित गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।
सूचनामा पार्टीले बेव साइडमा क्रियाशिल सदस्यको नामावली प्रकाशन गरेर जिल्लाका लागि खटाइएका निर्वाचन अधिकृतलाई बुझाएर अधिकृत जिल्लामा उपस्थित भएपछि तत्काल वडा अधिवेशन संचालन गर्ने सूचनामा भनिएकाृ छ ।
हेर्नुहोस् सूचना ‘‘.