
बाजुरा–बडिमालिका नगरपालिका–२ मैमातोला अमलसेडी बस्ती नदी कटानको उच्च जोखिममा परेको छ । बस्ती तलबाट बुढीगंगा नदीले कटान गर्न थालेपछि उक्त बस्ती बाढी पहिरोको जोखिममा परेको छ । ।
विगत लामो समयदेखि बसोबास गरिरहेका स्थानीयहरुको सबै जमिन बुढीगंगा नदीले वर्षेनी कटान गरिरहेको छ । यसअघि सुरक्षित रहेको वस्ती करिव २ वर्ष यताबाट जोखिममा परेको छ । बस्ती तलबाट जमिन विस्तारै कटान गर्न थालेपछि आफुहरु पूर्ण रुपमा विस्तापित हुने अवस्थामा पुगेको स्थानीय मीन बहादुर रोकायाले बताएका छन् । तलबाट बुढीगंगा नदीका कारण आफुहरुको पूरै जमिन कटान गरिरहेको उहाँको भनाई रहेको छ । गतवर्षबाट थप बढी उग्र रुपमा नदीले जमिन कटान गरिरहेको स्थानीयको भनाई रहेको छ । बारम्बार स्थानीय सरकारलाई गुहार गर्दा पनि कुनै वास्ता नगरेको उनीहरुको गुनासो रहेको छ ।
स्थानीयहरुले बडिमालिका नगरपालिकालाई बस्ती जोखिममा छ भनेर जानकारी गर्दा पनि कुनै रेखदेख नगरी सौतेनी व्यवहार देखाएको प्रति अमलसेडीबासीको आक्रोश रहेको छ ।उता बडिमालिका नगरपालिका–२ का वडा अध्यक्ष डम्मर बहादुर महतले बस्ती तत्कालै सुरक्षित स्थानमा सार्नका लागि पहल गरिरहेको बताएका छन् ।
नियमित रुपमा परिरहेको वर्षाका कारण स्थानीयको खेतीयोग्य जमिन बुढीगंगा नदीले कटान गदैं वस्तीको आगनीसम्म पुगेको छ । तलबाट नदीले विस्तारै कटान गरेपछि स्थानीयले सुरक्षित स्थानमा आफुहरुलाई सार्न माग गरेका छन् ।
स्थानीयको ३० रोपनी भन्दा बढी रहेको जमिन नदीले अहिले कटान गरेको छ । खेतीयोग्य जमिन बुढीगंगा नदीले कटान गर्र्ने थालेको छ । बाटो नदीले कटान गरेपछि आउजाउ गर्न समेत समस्या स्थानीयलाई अर्को तिर परेको छ ।