
राम बहादुर दानी– नेपाली काँग्रेसको सातौँ जिल्ला अधिबेशनको पुर्व सन्ध्यामा नेपाली काँग्रेस प्रचार प्रसार विभाग प्रमुख तथा नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका पुर्व सचिव धनराज पण्डितले अधिबेशन सहमति र एकताको भए आफ्नो उम्मेद्वारी त्याग्ने बताएका छन ।
रेडियो पौरखीको बहसमा बोल्दै नेपाली कााग्रेसका विभिन्न तहका नेताहरु विच चुलिएको बिबाद सामान्य भएकोले भ्रम र हपवाहमा हल्ला फैलाएको उनको भनाई रहेको थियो । बहस कार्यक्रमा अबको काँग्रेस कस्तो काँग्रेस हुन्छ भन्ने पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै नेता पण्डितले नेपाली काँग्रेस जिल्ला कै र देश कै ठुलोे पाटी बन्ने कुरामा बिश्वस्त रहन नेता तथा कार्यकर्तालाई बिश्वास दिलाउनु भयो ।
आसत्र नेपाली काँग्रेसको सातौँ जिल्ला अधिबेशन एकताको अधिबेशन हुने नेतन पण्डितको भनाइ रहेको छ । काँग्रेसको क्रियाशिल सदस्यमा केही समय कोरोनाको कारण अन्य प्राविधिक कारणले ढिलाई भएता पनि अब निश्चै पनि तोकिएको समयमा नै वडा, नगर र जिल्ला अधिबेशन हुदै केन्द्रीय अधिबेशन हुने कुरामा बिश्वस्त रहन आग्रह गर्नु भयो ।
नेपाली काँग्रेस जनताको पाटी भएकोले ऐतिहासिक अधिबेशनबाट कुशल नेतृत्व बन्ने उनको भनाइ रहेको छ । अहिले नेताहरु एक ठाँउमा उभिएको भएता पनि अधिबेशनको समयमा जिल्ला स्तरको नेतृत्व चयनमा जिल्लाको पद आ–आफ्नो पोल्ठामा पार्न दुइ वा दुइ भन्दा बढी धारमा उभिएमा तपाईको उम्मेद्वारी के हुन्छ भनी सोध्दा ननेता पण्डितले यस्तो अवस्था सृजना भएमा आफ्नो उम्मेद्वारी नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापतिमा रहने भएकोले आफु चुनावी मैदानमा खुला उत्रिने बताए ।
नेपाल बिद्यार्थी संघबाट राजनितिक यात्रा सुरु गरेका पण्डितले नेपाली काँग्रेसको जिल्ला स्तरको नेतृत्वमा बिषेश भूमिका निर्वाह गर्दै जनता र कार्यकर्ताहरुलाई एकताको सुत्रमा बाँध्ने प्रयास गरी कोही कसैको आँखामा बिझाउने काम नगरेकोले आफु जिल्ला कार्य समिति सभापतिको पदका लागि खुल्ला मैदानमाा उत्रने हो भने आफुलाई सबै जिल्ला प्रतिनिधीहरुले साथ दिने कुरामा आफु बिश्वस्त रहेको बताएका हुन ।