मिन बहादुर खड्का/बाजुरा–जिल्लाको खप्तड छेडेदह गाउँपालिका स्तरीय गाउँ कार्य समितिको अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
शुक्रवार गाउँपालिका का संयोजक दल बहादुर रावत एक एक औपचारिक कार्यक्रम बिच नेपाली कांग्रेस गाउँ कार्य समितिको अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्न भएको हो ।
नेपाली कांग्रेसको आसन्न ७ औ जिल्ला आधिबेशन र १४ औ केन्द्रिय माहा अधिबेशन नजिकिदै गर्दा जिल्लामा चहलपहल बढेको छ । नेता तथा कार्यकर्ताहरू अधिबेशकाे तयािरमा जुटेका छन ।यसै क्रममा जिल्लाको खप्तड छेडेदह गाउँपालिका संयाेजक दल बहादुर रावतको अध्यक्षतामा संचालन भएको कार्यक्रम गाउँपालिकामा ७ वटै वडा र पालिकामा अधिबेशन सम्पन्न पार्नका लागी के कसरी अगाडि बड्ने भन्ने बिषयमा नेपाली कांग्रेसमा आस्थावान नेता तथा कार्यकर्ता हरु एकै ठाउँमा भेला भैइ विशेष छलफल गरिएको गाउँ कार्य समिति सदस्य भिम बहादुर नेपालीले लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिए ।
नेता नेपालीका अनुसार नेपाली काँग्रेस खप्तड छेडेदह गाँउकार्य समितिका संयोजक दल बहादुर रावतको संयोजकत्वमा बसेको भेलामा नेता तथा कार्यकर्ताहरुका बिच नेपाली काँग्रेसका नेता तथा पुर्व सम्विधान सभा सदस्य महा नेपालीले जिल्ला कार्य समितिको सभापतिमा आफ्नो उम्मेद्वारी रहेको घोषणा गरेको बताइएको छ ।
त्यस्तै भेलाले गाउपालिकाको अधिबेशन सफल पार्नका लागि नेता महा नेपालीको संयोजकत्वमा ७ सदस्यिय परामर्श समिति समेत गठन गरेको छ । नेता तथा पुर्व सम्विधान सभा सदस्य महा नेपालीको संयोजकत्वमा गठन गरेको परामर्श समितिमा नेपाली काँग्रेस बाजुराका प्रवक्ता नर बहादुर शाही, मिन बहादुर धामी, पदम बहादुर रावत,खडक बहादुर बुढा, बिशु नाथ, र मंगल बहादुर धामी सदस्य रहेका छन ।
नेता नेपालीले दिएको जानकारी अनुसार शुक्रबार भएको अगुवा नेता तथा कार्यकर्ताहरु बिच बसेको भेलाले गाउँपालिकामा सबै वडा र पालिकामा सहकार्य सहमति मिलोमतोका आधारमा एक अर्कामा कुनै मनमोटाव नहुने गरी सभ्य र भब्य तरिकाले अधिबेशन सप्पन्न गर्ने भन्ने बिषयमा समेत छलफल गरिएको बताइएको छ । सकेसम्म गाउँपालिकामा सहमतिका आधारमा नेतृत्व चयन गर्ने तयारी भैरहेको नेता नेपालीले बताए ।
कार्यकर्ता भेला कार्यक्रममा प्रमुख अतिथी नेपाली काँग्रेसका नेता तथा पुर्व संविधान सभा सदस्य महा नेपाली प्रमुख अतिति रहनु भएको थियो भने बिशिष्ट अतिथी नेपाली काँग्रेस महा समिति सदस्य पदम बहादुर शाही, नेपाली काँग्रेस बाजुराका प्रवक्ता नर बहादुर शाही हनु भएको थियो । गाँउपालिकाका अध्यक्ष नरबहादुर रावत, जिल्ला कार्यसमिति सदस्य वीरेनाथ योगी, धन बहादुर रावत, तण दल अध्यक्ष कुम्भनाथ योगी, पुर्व शिक्षक संघ अध्यक्ष मिन बहादुर धाम, नेपाल दलित संघ अध्यक्ष भिम बहादुर नेपाली लगायत नेपाली कांग्रसमा आस्थावान नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहृेको थियो ।











