
धनगढी–कैलालीमा विङ्गर र अटो आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शुक्रबार जिल्लाको गौरीगंगा नगरपालिका ४ राजिपुरमा पश्चिमबाट पूर्वतर्फ गइरहेको म १ ज ३१९ नम्बरको विङ्गर र विपरीत दिशाबाट आइरहेको से १ ह २५१० नम्बरको अटो आपसमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अटोमा सवार ७ जना घाइते भएका र तीमध्ये ३ जनाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका ९ का २४ वर्षीय युवराज चौधरी, २६ वर्षीय भिगम चौधरी र १९ वर्षीय जितेन चौधरी रहेका छन् । त्यस्तै घाइते हुनेमा घोडाघोडी ९ कै अटो चालक २२ वर्षीय सुरेश चौधरी, २४ वर्षीय दिपेन्द्र चौधरी, २० वर्षीय असान्त चौधरी र ३० वर्षीय हरी चौधरी रहेका छन् ।
घाईते सबैको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको बताइएको छ । विङ्गर सहचालक कञ्चनपुरको वेदकोट नगरपालिका १० का २५ वर्षीय धनु रावल सामान्य उपचारपश्चात प्रहरीले नियन्त्रणमा लिएको छ। विङ्गर चालक फरार रहेको र खोजी कार्य तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दिनेश खबरबाट साभार