
दार्चुला–दार्चुलामा बालिकामाथि यौन दुर्व्यवहार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भदौ १५ गते राति मार्मा गाउँपालिका ६ पत्थरकाँडामा गौरा पर्व हेरेर घर फर्किने क्रममा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दका अनुसार पक्राउ पर्नेमा नौगाड गाउँपालिका–४ सिप्टीका २५ वर्षीय महेशसिंह ठगुन्ना रहेको बताइएको छ । पीडित बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई बिहीबार पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
स्थानीय बालिकामाथि पत्थरकाँडामा गौरा पर्व हेरेर राति साढे ११ बजे घर फर्किने क्रममा ठगुन्नाले दुर्व्यवहार गर्न खोजेको आरोप छ। जाहेरीका आधारमा बाल यौन दुरुपयोग अन्तर्ग मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
दिनेश खबरबाट साभार