युनिकोड    राशिफल    एफएम रेडियाे                        
76 पटक पढिएको

दैलेख–दैलेखकी १९ वर्षीया किशोरी स्वस्तिका महत नेपाली कांग्रेसको वडा सभापतिमा निर्वाचित भएकी छिन्। दैलेखको दुल्लु नगरपालिका–३ नेपाकी महत भर्खर १९ वर्ष लागेकी हुन्। उनै महत हालै सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट वडा सभापतिमा निर्वाचित भएकी हुन् ।

 

महत राजनीतिक वातावरणमै हुर्किएकी हुन् । उनका बुवा भूपेन्द्रजंग महत दैलेख कांग्रेसको उपसभापति थिए। उनको दुई वर्षअघि मृत्यु भएको थियो ।
‘बुवा पार्टी उपसभापति हुनुहुन्थ्यो, राजनीतिबाट समाज परिवर्तन गर्ने लक्ष्य उहाँको थियो’, स्वस्तिकाले भनिन्, ‘बुबाको सपना पूरा गर्नका लागि स्वास्थ्यकर्मीको बाटो छोडेर राजनीतिमा होमिएकी हुँ ।’

स्वस्तिकाले पछिल्ला दुई वर्ष राजनीतिकलाई नजिकबाट बुझ्न पाइन्। नेपालगञ्ज टेक्निकल कलेजबाट एचएको पढाइ सकेलगत्तै कोरोना संक्रमण सुरु भयो। त्यसपछि उनी गाउँ फर्किइन् ।

स्वस्तिका वडा सभापतिमा निर्वाचित हुँदा जति खुसी छिन्, त्यति नै जिम्मेवारीले थिचिएको महसुस गरेकी छिन्। ‘मलाई विश्वास गरेर पार्टी र वडामा क्रियाशील सदस्यहरुले सर्वसम्मत वडा सभापतिमा विजयी गराउनु भएको छ’,उनले भनिन्, ‘यो विश्वास र भरोसालाई मर्न दिने छैन।’ पार्टी राजनीतिसँगै उनले पढाइलाई पनि निरन्तरता दिने बताइन् ।

स्वस्तिकाजस्तै धेरै युवाहरु कांग्रेसको जारी १४ औं महाधिवेशनबाट वडा तहको नेतृत्वमा आएका छन्। राजनीतिमा युवाहरुको प्रवेशले कांग्रेसमा नयाँ आशाको किरण जगाएको नेताहरू बताउँछन् ।
अन्नपुर्ण पोष्टबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!