युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
313 पटक पढिएको

बाजुरा–ग्रामीण एवं दुर्गम क्षेत्रको पूर्वाधार विकासमा स्थानीय जनसहभागिता नारा रहेको ग्रामीण सुधार केन्द्र बाजुराको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कार्यक्रममा संस्थाका अध्यक्ष वीरबहादुर विष्टको अध्यक्षतामा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष वीरबहादुर विष्टको अध्यक्षतामा सञ्चालित भएको कार्यक्रममा साधारण सभाबाट संस्थाको वार्षिक प्रगती प्रतिवेदन र निती तथा कार्यक्रम, आर्थिक वर्ष २०७७ ०७८ को आय व्यय र लेखापरिक्षण प्रतिवेदन स्वीकृत गरी संस्थाको आर्थिक प्रशासन नियमावली, कर्मचारी प्रशासन नियमावली र कर्मचारी आचारसंहिता स्वीकृत गरेको छ ।

विगत वर्षदेखि स्वास्थ्य अधिकार तथा सुर्तिजन्य पदार्थको न्यूनिकरण, मदिराको प्रयोग, सामाजिक कल्याण, विकृति विसंगतीको अन्त्य, युवा तथा वालवालिकाहरुको सशक्तिकरण र खोज अनुसन्धान सम्बन्धी कार्य गर्दै आएको संस्थाको कार्यसमिति समेत गठन भएको छ । संस्थाका निवर्तमान अध्यक्ष वीरबहादुर विष्ट अध्यक्ष रहने गरी १३ सदस्यीय समिति गठन भएको सचिव बलवान ऐडीले जानकारी दिनुभयो । साधारण सभाबाट उपाध्यक्षमा विरेन्द्र बहादुर रावल, सचिवमा बलवान ऐडी, सहसचिवमा वीरबहादुर थापा, कोषाध्यक्षमा अमृता सिंह र सदस्यमा जनक थापा लगायत महिला, दलित र जनजाती गरी कार्यसमिति गठन भएका छन् ।

संस्थाको संस्थागत विकासका लागि नेतृत्व विकास गरी सामाजिक कल्याणका क्षेत्रमा आर आइ सीको नाम चम्काउन आफ्नो साथ सहयोग र सहकार्य रहने सभापती पण्डितले प्रतिवद्दता व्यक्त गरेका थिए । सरकारी नीति तथा कार्यक्रमको कार्यान्वयमा गैरसरकारी संस्थाको अमुल्य योगदान रहने भएकाले जिल्लाको स्वास्थ्य, शिक्षा, रोजगारी, गरिवी निवारण र समानतामुलक समाज निर्माणमा सक्रिय रहन अपील गरेका छन। साधारण सभामा शुभ कामना मन्तव्य राख्दै प्रेश यूनियन जिल्ला अध्यक्ष प्रेम रौले, सल्लाहकार समिति संयोजक विपिन विष्ट, दलित अगुवा कौशल विक, नगर उप प्रमुख कविता विष्ट र नगर प्रमुख पदम बडुवालले साधारण सभा सफलताको शुभकामना व्यक्त गर्दै संस्थाको उज्वल भविष्यको कामना समेत गरेका छन । संस्थाका गतिविधि सामाजिक विकास र खोज अनुसन्धान कार्यमा केन्द्रीत रहने अध्यक्ष विष्टले प्रतिवद्दता गरेका थिए ।

२०६५ साल मंसिर १५ गते जिल्ला प्रशासन कार्यालय बाजुरामा दर्ता गरी विधिवत रुपमा स्थापना भएको संस्थाको बडीमालिका नगरपालिका सभाहलमा सञ्चालित कार्यक्रमको संचालन संस्थाका सचिव बलवान ऐडीले संचालन गरेको कार्यक्रममा नेपाली काँग्रेस बाजुराका सभापती कविराज पण्डितको प्रमुख आथित्यतामा सञ्चालित कार्यक्रममा बडीमालिका नगरपालिका प्रमुख पदम बडुवाल, नगर उप प्रमुख कविता विष्ट, अपाङ्ग कल्याण सेवा सघ बाजुरा अध्यक्ष मानबहादुर हमाल, संस्थापक तथा सल्लाहाकार समिति संयोजक विपिन विष्ट, सल्लाहाकार रामचन्द यादव र गोपाल कार्की लगायत संस्थाका कार्य समिति सदस्य र साधारण सदस्यहरुको लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!