
मिन बहादुर खड्का/बाजुरा–जिल्लाको बुढिंगगा नगरपालिका वडा न.४ मा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोहि नगरपपालिका वडा न. ४ स्थायी घर भएका ४० बर्षिया धन बहादुर उखेडा रहेका छन ।
मृर्तक उखेडा १८ गते बिहान दशैका लागि रागो किन्न भनेर हिडेका थिए । उनि बेलुका घर नर्फकिएपछी यतिन्वजेल सम्म किन घर नर्फकेका हुन भनेर आफन्तलाई खबर गर्दा केहि खबर प्राप्त नभएपछी पछिल्लो बिहान खोजि गर्दा घर नजिकैको भिरबाट लडेर गम्भिर घाइते भएको अवस्थामा फेला परेका हुन । उपचारका लागि अछाम स्थित बयालपाटा अस्पतालमा लगियको थियो । र त्यहा उपचार सम्भव नभएपछी अस्पतालले नेपालगञ्ज रिफर गरेको थियो । उपचारका लागि नेपालगञ्ज लग्दै गर्दा बिच बाटोमै मृत्यु भएको आफनतले बताएका छन ।
उनि घर र्फकिन अवेर भएपछी अध्यरोमा चिप्लिएर लडेको हुन सक्ने उनका छोरा हिमाल उखृेडाले लोकतन्त्र बिहानी न्यूजलाई जानकारी दिए ।