
धनगढी सम्बाददाता– सुदूरपश्चिममा ८ दिनमा ४३ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । गएको शनिबार देखि १८ गते सम्म ४३ जनाले ज्यान गुमाएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जानकारी दिएको छ ।
सबैभन्दा बढी कैलाली र कञ्चनपुरका मानिसहरुले ज्यान गुमाएका छन् । निर्देशनालयका अनुसार कैलाली र कञ्चनपुरमा गएको ८ मा १८÷१८ जनाको ज्यान गएको थियो भने डडेल्धुरा र अछामका २÷२ जनाको ज्यान गएको छ त्यस्तै बैतडी, बझाङ र दार्चुलाका १÷१ जना संक्रमितले ज्यान गुमाएका छन् ।
त्यस्तै भारतमा आज सबै भन्दा बढी ब्यक्तीहरुमा कोरोना पुष्टी भएको छ । पछिल्लो समयमा प्राप्त जानकारी अनुसार भारतमा ४ लाख बढी कोरोना संक्रमित भेटिएको बिश्व स्वास्य संगठनले जनाएको छ ।