
धनगढी–नेकपा (एकीकृत समाजवादी) पार्टीमा जान इच्छुक प्रदेशसभा सदस्यर स्थानीय तहका जनप्रतिनिधिका लागि तोकिएको समयसीमा आज सकिदै छ ।
सरकारले हालै ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था राखिएकोमा आज सम्मको समयसीमा तोकिएको थियो।
प्रदेश निर्वाचन अधिकारी प्रेम भट्टका अनुसार आज ५ बजेसम्म मात्रै सनाखत हुने जानकारी प्राप्त भएको छ । ‘दल बदल्न चाहने प्रदेशसभा सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय र स्थानीय तहका जनप्रतिनिधिका लागि जिल्ला स्थित निर्वाचन कार्यालयमा सनाखत गराउनुपर्ने छ । आज सनाखतका लागि तोकिएको अन्तिम दिन हो,’ उनले भने।
सोमबारसम्म सुदूरपश्चिम प्रदेश सभामा एमालेबाट निर्वाचित १४ जना सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गरिसकेको बताइएको छ ्। यस्तै कैलालीका ५२ जना स्थानीय जनप्रतिनिधिले पनि एमाले छाड्दै एकीकृत समाजवादी रोजेका छन ्। दल बदल्नका लागि प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिले शशरिर निर्वाचन कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था छ ।
दिनेश खबरबाट साभार