मिन बहादुर खड्का/बाजुरा–नेपाली कांग्रेसको केन्द्रिय १४औं अधिबेशन ,७औ जिल्ला अधिबेशन र पहिलो वडा अधिबेशनबाट बुढिगङ्गा नगरपालिका –१० को वडा सभापतिमा युबा नेता शंकर कुवँर सर्बसम्मत निर्बाचित भएका छ छन । मंगलबार बसेको पाटिको वडा भेलाबाट नेता कुवँर सर्बसम्मत निर्बाचित भएका हुन ।
सभापतिमा निर्बाचित युबा नेता कुवँरले आफू युबा र पछाडि परेका बर्गको लागि राजनीतिमा आएको बताएका छन । सोलाला बासिको सपना स्वर्गीय बुवा चन्द्र कुवँरको उत्तराधिकारी उहाँकै घरबाट कोहि हुनुपर्ने थियो त्यसै अनुसार आफू सभापतिको आकाङक्षी थिए । त्यो सपना पूरा भएको छ । बुवाले सोलालामा शिक्षा ,स्वास्थ ,खानेपानी र युबा रोजगारीको मार्ग तय गरेका थिए। त्यसै मा आफुले इटा थप्ने छु उनले भने ।
नेता कुवँरले आफ्नो प्रमुख लक्ष भनेको युवा , पिछडिएका बर्गको आवाज बुलन्द गर्ने र आगामी निर्बाचनमा पाटिलाई वडामा पहिलो बनाउने रहेको बताएका छन । त्यसै अनुसार काम गर्ने र वडामा पाटिलाई बलियो बनाएर कार्यकर्ताको मनोबल र वडाको बिकासमा आफू सधै लागिपर्ने उहाँको नेता कुवँरको भनाई रहेको छ ।