बाजुरा–नेपाली काँग्रेस बाजुराकी नेतृ राधिका सिंहले नेपाली काँग्रेसले महिला नेतृत्व खोजि रहेकोले आफ्नो उम्मेद्वारी जिल्ला कार्य समिति सभापतिमा रहेको दावी गरेकी छन ।
कार्यक्रम पौरखी बहसमा बोल्दै नेत सिंहले आसन्न नेपाली काँग्रेसेको सातौं जिल्ला अधिबेशनमा आफुले सभापति पदमा लड्ने ठेकुवा गरेकी छन । नेपाली काँगेस महाधिबेशन प्रतिनिधी समेत रहेकी सिंहले संकटकालमा अफु महिला भएर पनि तत्कालिन सरकार बिद्रोही माओवादीले काँग्रेसलाई खोजी खोजी र एमालेलाई रोजी रोजी मार्ने धम्की दिदै गर्दा पनि नेपाली काँग्रेसको संगठनका लागी कोल्टीबाट एकलै हिडेर पाटीको बैठकमा सहभागी हुन हिडेको बताईन ।
बिगत लामे समय देखि आफुले नेपाली काँग्रेसको पदमा रही कामकाज गरेकोले बाजुरेली जनताले आफुलाई समर्थन दिने कुरामा दुइ मत नभएको समेत ठाुकुवा गरिन । बहसमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै नेतृ सिंहले सहममति र सहकार्यमा एकतको अधिबेशन भए आफु भन्दा माथिल्लो स्तरका नेतले आफुलाई जुँन पदमा ठाँउ दिएता पनि बस्ने तर नेतृत्व चयन प्रकृया निर्वाचनमा गए आफुले जस्तो सुकै परिस्थितिम पनि जिल्ला कार्य समिति सभपतिको पदका लागी लड्ने बताएकी हुन ।