
बाजुरा– बाजुराका एक जना पुरुषको कोरोना संक्रमणका कारण धनगढीमा सोमबार मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगंगा नगरपालिका–५ सराप्लाका दीपक रावल रहेका छन् ।
धनगढी स्थित सेती प्रादेशिक कोरोना अस्पतालमा सोमबार बिहान ५ बजे मृत्यु भएको परिवारिक स्रोतले जानकारी दिएको छ । लामो समय देखी सामाजिक सेवा लागेका रावलको मृत्युले जिल्ला बासीले दुख व्यक्त गरेका छन ।
तत्कालिन जिल्ला विकास समिति वैकल्पिक उर्जा प्रवद्र्धनमा समेत कार्यरत रहेका थिए । विगत केही वर्ष देखि धनगढीको एक कम्पनीमा लेखापालको रुपमा काम गर्दै आइरहेका थिए ।