
मिन बहादुर खड्काःबाजुरा– नेकपा एकिकृत समाजवादी पार्टी बाजुराका अध्यक्ष गगन राावलले रेडियो पौरखिको बहस कार्यक्रममा बोल्दै आफु सधै बाजुरेली जनताको साथमा रहने प्रतिबद्धता जननाएका छन ।
बिगत करिब ३२ बर्ष सम्मम तत्कालिन नेकपा एमालेमा राजनिति गरेका र नेकपा एमाले बिभाजन भएपछी नेकपा एकिकृत समाजवादी पार्टीमा सनाखत गरेर जिल्लाको अध्यक्ष्को नेतृतव समेत पाइसकेका नेता गगन रावलले बहस कार्यक्रममा उक्त अभिव्यक्ति दिएका हुन ।
बहस कार्यक्रममा पत्रकारले तपाई नयाँ कम्युनिष्ट आन्दोलनको पुनर्जागरण गर्न नयाँ क्रान्तिकारी पार्टीको खोल्नु भएको छ ।एउटै पार्टी फुटाएर अर्को पार्टी किन खोल्नुभयो भनेर सोधेको प्रश्नको जवाफ दिदै नेता रावलले बिगतमा तत्कालिन नेकपा एमालेमा रहदा नेकपा एमालेलाई बिशाल पार्टी बनाउनका लागि ठुलो योगदान दिएका नेताहरु अहिले नेकपा समााजवादी पार्टीमा रहेको छन । नेपाली जनताको हक हितका लागि सदैव आवाज उठाउनेहरु पनि आफु निकटमै रहेको उनले बताए । पार्टी फुटाउनु आफुहरुको कुनै रहर लोभ लालच नभई बाध्यता भएको बताएका हुन । जनताले झन्दै दुई तिहाइको बहुमुत दिएर सत्तामा पुगाउदा पनि नेतृत्व पंक्तिमा रहेका नेता गणहरुले जनताको हितका लागि काम गर्नुको सत्ता उल्टै आफ्नो मनोमानि तरिकाले काम गर्ने गरियो ।
तत्कालीन कम्युनिष्ट पार्टी एमाले जनताको पार्टी भनेर चिनिने पार्टी भित्रै भएको एक अर्का बिचको कोलाहल नेपाली ननताको हित बिपरित थियो । त्यो प्रवृतीले गर्दा समग्र कम्युनिष्ट आन्दोलन नै समााप्त हुने सम्भावना देखियो । लामो त्याग तपस्या र वलिदानबाट प्राप्त नेपाली जनताको रगतले लेखिएको संबिधान माथि नै प्रहार भयो । यसले गर्दा लोकतन्त्र पनि धरापमा पर्ने र नेपाली जनताले सम्वृद्ध देश सु्खि नेपालिको कल्पना समेत गर्न नसन्ने अवस्था शिर्जना भयो । त्यसकारण आफु निकत नेताहरुको आपत्ति रहेकोले यसको घोर बिरोध गर्दै सहज वातावरण तुल्याउनका लागि नयाँ पार्टी खोलेको रावलले बताए ।
बहस कार्यक्रममा पत्रकारले जनताले कम्युनिष्टहरुलाई बिश्वास गर्न छोडीसके अब कसरी अगाडि बड्नुहुन्छ । के जनताले तपाइलाई बिश्वाास गर्छन त भनेर सोधेको प्रश्नको जवाफ दिदै नेता रावलले पत्रकारले सोधेको प्रश्न स्वाभाविक भएको भन्दै हामी जनताले गरेको आपेक्षालाई ख्याल नगरी जनता का मागहरूलाई सम्बोधन गर्नुको सत्ता तत्कालीन कमरेड केपि ओलिले गर्ने प्रबिर्ती कम्युनिष्ट आन्दोलनलाई नै धोस्त गर्ने खालको काम भएको बताउदै केपि ओली प्रबृत्ति नेपाली जनताका लागि सैय बिषय नभएको बताए ।
देशकै जिम्मेवार र पार्टीको जिम्मेवार ब्यक्ति नै अराजकता को बाटोमा हिडेको र बिदेशी साम्राज्यवादमा हुमिएको आरोप समेत लगाएका छन । त्यसकारण आफु निकत नेताहरूको त्यसको घोर बिरोध गर्नका लागि र देशको शान्ति सम्वृद्धि र बिकासका लागि देशलाई समाजवाद तर्फ लैजानका लागि नयाँ क्रान्तिको सुरुवातिमा रहेको नेता रावलको भनाई रहेको थियो
नेता रावलले आफुलाई बाजुरेलि जनताले हिजो पनि बिश्वास गर्थे र आगामी दिनमा पनि बिश्वास गर्ने कुरामा कुनै दुई मत नभएको बताएका छन ।जनताको साथ पाउनका लागि जनताका निमित्त काम गर्नुपर्ने हुन्छ । जनताका जनभावनाहरुलाई कदर गर्ने र जननताका पिर मर्काहरुमा मलम पट्टि लगाउन सकेमा जनता नेताको साथमा हुन्छन उनले भने । हिजो तत्कालिन नेकपा एमालेमा रहेर समाज रुपान्तरणका लागि र बाजुराको बिकासका लागि पहल कदम चाल्ने नेताहरू आफ्नो साथमा रहेको छन । बाजुराको समग्र बिकासका लागि आफुले गरेका आन्दोलन र प्रयत्न बारे जनतालाई अवगत नै छ ।नेकपा एकीकृत समाजवादी पार्टी बाजुरामा पनि बिस्तारै ठुलो बन्दै जाने कुरामा आफु बिश्वष्ट रहेको नेता रावलले बताए ।
नेता रावललाई पत्रकारले पार्टी फुटेकोमा तपाई खुसी हनुहुन्छ त भनेर सोधेको प्रश्नको जवाफ दिदै नेता रावलले एउटा घरभित्र कोलाहल भएपछी त्यसको फाइदा अरुलाई हुन्छ । त्यसकारण पार्टी फुटेकोमा आफु निकै दुखी रहेको बताएका हुन । नेता रावलले आफु १४ बर्षको उमेर देखिनै तत्कालिन नेकपा एमालेबाट राजनिति यात्रा सरु गरेको बताउदै पार्टी भित्रकै नेतृत्व पक्तिमा रहेका व्यक्तिहरुले पार्टीको सिद्धान्तलाई भुलेर आफ्नो मनोमानी ढंगले अराजकताकको बातो अप्नाएर समग्र कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने कदम चालेको र संबिधानलाई कुल्चेर जनताको हित बिपरित काम गरियो । जनताको पार्टीलाई बिश्वास गर्ने आधार नै गुमाइ सकेपछी पार्टी बिभाजन गरेर अर्को पार्टीमा जानु रहर नभई बाध्यता भएको उनले बताए ।
पत्रकारले तपाईंले थालेको नयाँ क्रान्तिकारी अभियानले जनताको हितका लागि काम गर्छ त भनेर सोधेको प्रश्नको जवाफ दिदै हामी बिगत तत्कालिन नेकपा एमालेमा हुदा पनि जनताको हित बिकासका लागि अग्रपंक्तिमा रहेर खटेका थियौं ।अब सर्बहाराको, गरिव जनताको, श्रमजीवीको,पार्टी बनेर अगाडी बड्न चाहान्छौ ।अवको हाम्रो यात्रा जनताको हक हितका लागि र देशको बिकासका लागी कम्युनिष्ट आन्दोलनलाई शुद्धिकरण गर्दै देशलाई नयाँ समाजवाद तर्फ लग्दै देशको आमुल परिवर्तन गर्नका लागि हो ।
हामिले भनेका कुरा ब्यवहारमा लागु गर्ने छौ । बाजुरा जिल्लाको सन्दर्भमा आफू हिजो तत्कालीन एमालेमा हुदा पनि जनताका मागहरूलाई सम्बोधन गर्ने कुरामा कहिले पछि हटेको थिएन ।मैले नेकपा एमाले छोडनु रहर कुनै स्वार्थ लोभ लालच नभएकोले पुन पनि नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट बाजुरेली जनताका पिर मर्काहरुलाई ,बाजुरेली जनताको घाउहरुमा मलम पत्ती लगाउन अग्रपक्तिका रहनेछु उनले भने । समग्र बाजुराको बिकासका लागि आफु सधै जनताको सारथि बनेर जनता सामु समर्पित हुने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।