युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
55 पटक पढिएको

काठमाडौँ–सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीको जनगणना गर्ने तयारी गरेको छ । केन्द्रीय तथ्यांक विभागले अवस्था हेरेर सम्भव भएसम्म लिम्पियाधुरा, लिपुलेक कालापानीको जनगणना गरिने जनाएको छ ।

कोभिडका कारण रोकिएको राष्ट्रिय जनगणना २०७८ को नयाँ कार्यसूची सार्वजनिक गर्न भएपछि सीमा क्षेत्रको पनि जनगणना गरिने महानिर्देशक नेविललाल श्रेष्ठले बताए । महानिर्देशक श्रेष्ठका अनुसार त्यस क्षेत्रको जनगणना कसरी गर्ने भन्ने विषयमा निरन्तर छलफल भइरहेको जानकारी दिए ।

’स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँगको छलफलबाट एउटा निश्कर्षमा पुग्ने उनले स्पष्ट पारे । त्यहीँ गएर गर्न अहिलेको अवस्था सम्भव छैन, तर यो विषय विषय हो,’ उनले भने, ’स्थानीय तह, सीडिओ, प्रदेश सरकार, सम्बन्धित मन्त्रालयसँग निरन्तर छलफल गरिएको छौँ, सम्भव भएसम्म गर्छौँ।’

भौतिक उपस्थितिमा नभएमा नयाँ प्रविधिको माध्यमबाट भए पनि त्यो क्षेत्रको जनगणना हुने श्रेष्ठले बताए । उनले सेटलाइट वा जीएसएस प्रविधिको माध्यमबाट अध्ययन गरेर अनुमानित तथ्यांक संकलन गरिने जानकारी दिए । उनका अनुसार आगामी कार्तिक २५ देखि मंसिर ९ सम्म राष्ट्रिय जनगणना हुनेछ ।

यस्तै भदौ २० गतेदेखि जनगणनाको काम सुरुवात हुने र मुख्य जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने श्रेष्ठले बताए । जनगणनाका लागि ८० वटा प्रश्नावली तयार छन् । जनगणनाको तथ्यांक संकलन दुई चरणमा हुने व्यवस्था गरिएको छ । विभागको कार्यतालिकाअनुसार भदौ २० देखि २६ गतेसम्म सुपरभाइजर भर्ना गरिनेछ । भदौ २७ र २८ गते सुपरभाइजरलाई तालिम दिने र भदौ ३० देखि असोज १८ गतेसम्म सुपरभाइजर घरघरमा पुगेर सूचीकरणको काम गर्नेछन् ।

कात्तिक १३ देखि १६ गतेसम्म गणक भर्ना गरेर तालिम दिने काम हुनेछ । गत जेठ २५ देखि ८ सम्म हुने निर्धारित कार्यतालिका कोभिडका कारण प्रभावित भएको थियो । कोभिड महामारी बीचमा पनि जनगणनाका आन्तरिक काम भने भइरहेको उनले बताए । नेपालमा जनगणना भएको ११० वर्ष भएको छ । १९६८ बाट नेपालमा जनगणना सुरु भएको हो । नेपाल सरकारले प्रत्येक १० वर्षमा जनगणना गर्दैआएको छ । २००८ मा भने नियमित जनगणना रोकिएको थियो । २००७ सालको क्रान्तिका कारण रोकिएको जनगणना २००९ र २०११ गरी दुई चरणमा गरिएको थियो ।
अन्नपुर्ण पाष्टबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!