रामबहादुर दानी– नेपाल रेटक्रस सोसाईटी बाजुरा शाखाले कोरोना भाईरस कोभिड १९ सम्बन्धी ¥यालीद्धारा जनचेतना फैलाएको छ । कोरोना भाईरस कोभिड १९ को दोस्रो लहर फैलिरहँदा बाजुरामा पनी उक्त भाईरसबाट टाढा रहँन जनचेतना फैलाएको नेपाल रेटक्रस सोसाईटी बाजुरा शाखाका सभापती रमबहादुर शाहीले बताउनुभयो । सामाजिक दुरी कायम गर्दै रेटक्रस बाजुरा शाखाले बजार परिक्रम गरी जिल्ला बासीलाई जनचेतना फैलाएको छ । मास्क नलगाएकालाई मास्क दिने, सेनिटाईजर लगाउन दिदै कोरोना भाईरसबाट सुरक्षित रहन सम्पूर्ण जिल्ला बासीलाई अनुरोध समेत गरेको छ ।
तातो पानीको मात्रै प्रयोग गर्ने, सरसफाईमा ध्यान दिने, खानेकुरामा ध्यान दिने, मासु खाँदा राम्रोसंग पकाएर खाने, धेरै भिडभाड भएको ठाउँमा नजाने लगाएतका कुराहरुमा ध्यान दिन नेपाल रेटक्रस बाजुरा शाखाले अनुरोध गरेको छ । उक्त जनचेतना ¥यालीमा नेपाल रेटक्रस सोसाईटी बाजुरा शाखाका सभापती रमबहादुर शाही, बडिमालिका नगरपालिका ९ का कार्यवाहक वडाध्यक्ष लालबहादुर नेपाली, बडिमालिका नगरपालिका यु एन ह्याविटेड कार्यक्रम संयोजक श्याभक्त थापा, नेपाल रेटक्रस सोसाईटी बाजुरा शाखाका कर्मचारी अर्जुन थापा पत्रकार शुरक्षाकर्मीका सहभागिता रहेको थियो ।