
मिन बहादुर खड्का/बाजुरा–जिल्लाको त्रिवेणी नगरपालिका नगरपालिका वडा न .९ पैमामा श्री पदम खत्री स्मृति प्रतिष्ठानको आयोजनामा खुला भलिवल प्रतियोगिता र बडीमालिका सास्कृतिक महोत्सव हुने भएको छ ।
जिल्लामा आयोजना भएका महोत्सव हरु मध्य पहिलो पटक पैसा नतिरेर सर्वसाधरणले महोत्सव हेर्न पाउने भएका छन ।
आइतवार श्री पदम खत्री स्मृति प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै ७४ औ बर्षको उमेरमा निधन भएका स्वर्गिय पिताको सम्झनामा दुई , दुई बर्षको अन्त्रालमा बिभिन्न कार्यक्र्रम गर्दै आइरहेकोले यो बर्ष पनि बिजया दशमी तथा शुभ दिपावलिको पावन अवसरमा खुला भलिवल प्रतियोगिता र बडीमालिका सास्कृतिक महोत्सव आयोजना गर्ने कुरा जानकारी गराइएको हो ।
श्री पदम खत्री स्मृति प्रतिष्ठानका अध्यक्ष अमर सिंह खत्रीले पत्रकार सम्मेलनमा खेलकुद स्वास्थ्यका लागि मात्र नभई राष्ट्का लागि पनि आवश्यक रहेकोले बाजुरालाई खेल क्षत्रमा अगाडी बढाउनका लागि र नयाँ खेलाडी उत्पादनमा सहयोग पुगोस भन्ने उदेश्यका साथ खुला भलिवल प्रतियोगिताको आयोजना गरिएको बताएका छन् ।त्यसैगरी हाम्रो गाँउ घरमा थुप्रै कला र गला भएका कलाकार बन्न रुचि भएका सक्षम व्यक्तिहरु सक्षम छन् । तर ति प्रतिभाहरुले स्थान पाएका छैनन् । स्थानिय कलाकारहरुको पहिचानका लागि राष्टिय स्तरका कलाकारहरु बोलायर सास्कृतिक महोत्सवको आयोजना गरिएको पनि उनले बताए । सास्कृतिक महोत्वको आयोजना गनुको कारण खेल क्षत्रको बिकास, स्थानीय कलाको पहिचान, पर्यटकि क्षत्रको प्रचार, प्रसार र प्रर्वद्धन प्रमुख उदेश्य रहेको खत्रीले बताए ।
उक्त प्रतिष्ठान यस अघि पनि मानव सेवामा लागिरहेको बताएका छन ।प्रतिष्ठानले गरिव बिपन्न,उत्पीडित,बेसाहारालाई राहत बितरण गर्दै आईरहेको को पनि उनले बताए ।नितान्त रुपमा स्वर्गिय पिताको सम्झनामा मानव सेवा गर्दै आईरहेकोले सर्वसाधारणले पनि हेर्न पाउने गरि टिगटकाे व्यवस्था नगरी जोकोहिले पनि हेर्न पाउने व्यवस्था गरिने न पनि उनले बताए ।
पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै प्रमुख अथिती एवम त्रीबेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावलले आयोजकले गरेको काम सम्माजनक भएको बताउदै आयोजकलाइ धन्यवाद समेत दिएका छन, । आयोजनाले खेल क्षत्रको बिकास स्थानीय कलाको पहिचान, र त्रीबेणी नगरपालिकामा रहेका पर्यटकिय सम्भावना बाकेको क्षत्रकाे प्रचार प्रसारमा सहयोग पुग्ने बताएका छन् । साथै नगर प्रमुख रावलले यो बिषयमा नगरपालिका प्रस्ताव पहिला नै आईसकेकोले नगरपालिकाको तर्फबाट गर्नुपर्ने सहयोगका लागि नगरले निर्णय गरिसकेको बताउदै नगरको तर्फबाट सहयोग गर्ने बताएका छन् ।
खत्रीका अनुसार भलिबल प्रतियोगिता र बडीमालिका सास्कृतिक महोत्सव असोज ३० गते बाट सुरु भइ कार्तिक ३ गते सम्म ५ दिनको अवधिभर हुने भएको छ । भलिबल खुला प्रतियोगिता भएकोले देशभरका जुनसुकै ठाउँबाट खेलाडी आएपनी सहभागी गराईने भएको छ ।
प्रथम र द्धितियलाई एस्तो छ पुरुस्कार को ब्यवस्था
१. प्रथमलाई पुरुस्कार : ७१,१११
२. दितिय पुरुस्कार : ३५,१११
यी हुन सास्कृतिक महोत्सवमा आउने कलाकारहरु
लाल बहादुर धामी , रेखा जोशी, संगिता शाह, धोज बहादुर महरा, लक्ष्मी आचार्य, शोभा थापा, चक्र बम, कल्पना बि .शि, देबिराम रानामगर, प्रकाश थापा, निरुता खत्री भिम बिष्ट, भिम थापा, झरना बोहोरा, माया पाण्डे, लगायत जिल्ला भित्रका सबै कलाकारहरुको पन िसहभागिता रहने भएको छ ।
कोरोना संक्रमणको अवस्था कायमै रहेकोले आयोजना गर्न पाउने अथवा नपाउने निश्चित भएको छैन । यो बिषयमा जिल्ला प्रशासनबाट छिट्टै स्वकृर्ति लिने आयोजकले जनाएको छ । उक्त आयोजनामा लाग्ने व्यवस्थापन खर्च सकेसम्म पाकिाहरु संग सहयोग माग्ने बाँकि सबै आयोजकल नै बेर्होने बताइएको छ ।
श्री पदम खत्री स्मृति प्रतिष्ठानका अध्यक्ष अमर सिंह खत्रीको अध्यक्षतामा संचालन भएको कायृक्रमा प्रमुख अथिति त्रीवेण िनगरपालिका नगर प्रमुख रामसिंह रावल रहेका थिए । कार्यक्रममा अथिति श्री पदम खत्री स्मृति प्रतिष्ठानका सल्लाहाकार संयोजक कर्ण बहादुर थापा, प्रेस युनियन अध्यक्ष पे्रम रौले, पत्रकार माहासंघ बाजुरा उपा अध्यक्ष पदम सिंह, रेडियो पौरखीका स्तेसन प्रवन्धक राम बहादुर दान िलगायत अन्य पत्रकारहरुको उपस्थिति रहेको थियो ।