युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बडिमालिका ५ मा दादुरा रुबेला खोप सम्बन्धि एक दिने गोष्ठी सम्पन्न | आज मौषम यस्तो छः पहाडी भुभागमा वर्षाको सम्भावना | हिमाली गाउँपालिकाको दुर्गम गाउँ पाँडी सडक संञ्जालमा जोडियो | जगनाथ गाँउपालिकामा बल्ती बल्दा स्थानिय बासीहरु खुसी | खप्तड पुगेर प्रधानमन्त्री दाहालले भने, ‘अन्तराष्ट्रिय आध्यात्मिक केन्द्र बनाउछौँ’ | नेकपा एकिकृत समाजबादी बाजुराको १४ औँ बैंठक खप्तडमा बस्दै | बाजुरामा दुई कृषि एम्बुलेन्स संचालन हुने | माग संम्वोधन नभएको भन्दै बाजुरामा विद्यालयका कर्मचारी धर्नामा | आमाको मृत्युपछि अलपत्र बाजुराका ६ भाइबहिनीको उद्धार हुदै | बाजुराको हिमाली र स्वामीकार्तिकमा कृषि एम्बुलेन्स सञ्चालन गरिने |
58 पटक पढिएको

धनगढी– सुदूरपश्चिम प्रदेशका अस्पतालमा कोभिड संक्रमितलाई भर्ना गर्न ठाउँ अभाव हुँदै गएको छ कोभिडको उपचार हुने प्रदेशका मुख्य तीन अस्पताल सेती, महाकाली र डडेल्धुरा अस्पतालका आकस्मिक कक्ष समेत बिरामीले भरिएका छन्। सेती र महाकाली अस्पतालमा कोभिडका विरामीले शय्या अभावमा भुईमा ओछ्यान लगाएर उपचारको पर्खाइमा बस्नुपर्ने अवस्था आएको छ ।

आइतबार बिहान १० बजे सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्ष बिरामीले भरिएको थियो। आकस्मिक कक्षमा भएका सबै शय्यामा मात्रै होइन बेञ्च, ग्यालरी र भुईमा समेत बिरामीहरु पल्टिएका देखिन्थे। स्वास्थ्यकर्मीहरुले ग्यालरीमा शय्या लगाएर अक्सिजन दिनुपर्ने बिरामीलाई अक्सिजन दिइरहेका थिए भने अवस्था तुलनात्मक रुपमा ठीक रहेका बिरामीलाई घरमै बस्न सम्झाउँदै गरेको देखिन्थ्यो । स्वास्थ्यकर्मीहरु असिन पसिन भएर उपचारमा जुटेका देखिन्थे । सेतीको आकस्मिक कक्ष कोभिडका संकास्पद बिरामीले भरिएको देखिन्थ्यो। सेती कै कोभिड अस्पतालमा भने ६३ जना संक्रमितको उपचार भइरहेको छ ।

“यो संकटको समयमा स्रोत साधनले भ्याएसम्म अस्पतालले अधिकतम बिरामीको उपचार गरिरहेको छ। कोभिड अस्पतालमा शय्या संख्याभन्दा बढी बिरामी छन्। आकस्मिक कक्षमा पनि धेरै बिरामी उपचार र परामर्शका लागि आउने गरेका छन्” अस्पतालका सूचाना अधिकारी दिलिपकुमार श्रेष्ठले दिनेशखबरसँग भने ।
डडेल्धुरा अस्पतालमा पहाडी ७ जिल्लाका कोभिड संक्रमित उपचारको लागि आउँछन्। बिरामीको संख्या बढेसँगै अस्पतालले २१ शय्याबाट बढाएर कोभिड उपचारका लागि ३० शय्याको जोहो गरिरहेको बताइएको छ ।
“अस्पतालमा देनिक ५÷६ जना नयाँ संक्रमित आइरहेका तर निको भने दैनिक ३ जनाको अनुपातमा मात्रै भइरहेका छन्। अस्पतालले लक्षणसहित आएका बिरामीलाई अहिलेसम्म त भर्ना गरेको छ। तर संक्रमणको दर हेर्दा भोलिका दिनहरुमा समस्या हुन्छ कि भन्ने लागेको छ। अस्पतालमा अहिले नै अक्सिजनको समस्या हुन थालेको छ” डडेल्धुरा अस्पतालका सूचना अधिकारी टंक पन्तले बताए । पहाडी जिल्लामा संक्रमित हुनेको संख्या निको हुनेको भन्दा दोब्बर देखिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । यो पटक बिरामीको अस्पताल बसाइँ अबधि समेत लम्बिएको दाबी गरिएको छ ।

कञ्चनपुरको महाकाली अस्पतालले जनरल वार्डलाई समेत कोभिड संक्रमितको उपचारमा प्रयोग गरिरहेको जनाएको छ । “अस्पतालले बिरामीको चापलाई हेरेर ८० शय्याको बन्दोबस्त गरेतापनि संक्रमणको दर यथावत रहेमा भने असपतालले धान्नै नसक्ने अवस्था आउने देखिन्छ । अहिले आकस्मिक कक्षमा १० जना बिरामी छन् । अस्पतालमा ६ जना डक्टर लगायत ३० जनामा कोभिड संक्रमण भएको छ” अस्पतालका कोभिड सम्पर्क व्यक्ति डक्टर गोबिन्द रोकायाले दिनेशखबरलाई बताए ।
सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालमा कोभिडका लागि छुट्याइएको शय्या खाली नहुँदा आकस्मिक कक्षमा बिरामीलाई होल्ड गरेर राख्नुपरेको अस्पतालहरुले बताएका छन् । अस्पतालहरुमा अक्सिजनको अभाव समेत देखा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!