काठमाण्डौ– दुवै मिर्गौला फेल भएका अछामका पत्रकार ध्रुव बीसलाई उपचारमा आर्थिक समस्या भएको छ ।
दुवै मिर्गौला फेल भएका पत्रकार ध्रुव बीसीलाई आर्थिक अभाव, सहयोग गरिदिन अपिल
काठमाण्डौ, दुवै मिर्गौला फेल भएका अछामका पत्रकार ध्रुव बीसलाई उपचारमा आर्थिक समस्या भएको छ ।
अछाममा रहेको रेडियो सोसाइटी एफएमका कार्यकारी निर्देशक बीसी एक वर्षदेखि डायलासिस गर्दै आउनुभएका बीसीलाइ मिर्गौला प्रत्यारोपण गर्नका लागि आर्थिकको समस्या भएको हो ।
स्वदेश र विदेशका अनेक उपचार विधिहरु प्रयोग गर्दा समेत स्वास्थ्यमा सुधार नआएपछि अहिले मिर्गौला प्रत्यारोपणको तयारी गरिएको बीसीले बताए । पत्रकार बीसीले उपचारका क्रममा अहिलेसम्म १८ लाखभन्दा धेरै रकम खर्च गरिसकेको बताएका छन ।
मिर्गौला प्रत्यारोपण गर्नका लागि आर्थिक अवस्थाले नधान्ने भएपछी उनले संबन्धित सवंलाइृ सक्दो सहयोग गर्न पत्रकार बिसीले अपिल गरेका छन ।