युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
407 पटक पढिएको

मिन बहादुर खड्का बाजुरा–जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा न ७ घर भएकी समधुर स्वरकी धनी गीत गाउन अव्वल गायिका सुनिता रावतले कलाकार बन्न रुचि र प्रतिभाले मात्र नपुग्ने बताएकी छन । आफु संग कालाकार बन्ने सपना मनमा पालेर बस्नु बाहेक अर्को विकल्प नभएको उनको गुनासो रहेको छ । सानै उमेर देखी नै गित संगितलाई धेरै माया गर्ने र कलाकार बन्ने सपना बोकेकी रावत अहिले कक्षा ११ मा अध्यन गरिरहेकी छन । उनको कलाकार बन्ने रुचि भएपनी कलाकारिता क्षत्रको वारेमा धेरै जानकारी नभएको उनी बताउन्छिन ।

मेरो सानै देखि गित गाउनमा रुचि थियो । बिद्यालयमा पनि म गित गाउन्थे । शिक्षकले कहिलेकाहीँ कार्यक्रम हुदा नानु गित गाई देउ भनेर भन्नुहुन्थ्यो । मिठो स्वर छ तिमी गायिका बन्छौ भनेर भन्नुहुन्थ्यो । मलाई कलाकार बन्ने ठुलो धोको छ । तर मेरो इक्षा पुरा हुदैन होला ।
म दश कक्षा मा पास भएपछिँ, म्युजिक कलास सिक्छु भनेर अनुरोध गरे । मलाई बाबाले भन्नुभयो होइन छोरी हामी जस्तोले कलाकारिता क्षत्रमा लगानी गर्न सक्दैनौं । कलाकार बन्न त धेरै पैसा चाहिन्छ । धेरै पैसा भएकाहररुले मात्र अगाडी बड्छन । छोरी मान्छे त झन बिग्रीन्छन भन्छन् । वावाले भन्नुभयो । त्यहि दिनबाट मेरो म्युजिक कलास सिक्ने सपना सकियो ।म अतेन्तै दुखीत भए उनले भनिन् ।

हाम्रो गाँउ ठाँउमा प्रतिभा भएका थुप्रै छन् । तर ति प्रतिभाहरुलाई बाहिर आउन सकेको छैनन् । प्रतिभा र रुचिले मात्र पुग्दैन । कलाकार बन्ने रहर मनमा पालेर बस्नु बाहेक अर्को बिकल्प छैन । गाउँ घरमा प्रतिभाहरु लुकाएर बस्नु हाम्रो रहर होइन बाध्यता हो उनले भनिन् । गीत संगितमा लगानी गर्न जोकोहिको आर्थिक अवस्थाले धान्दैन । सामान्यतया एउटा अडियो भिडियो बजारमा ल्याउन न्युनतम १ डेर लाख लाग्छ । यति धेरै खर्च जुटाउन जोकोहिलाई सम्भव हुदैन । फेरि लगानी गरिहालौ भनेपनी सबै राम्रो भेटिदैनन गित बनाईदिने बहानामा कतिपयको पैसा खाईदिएको घटनाहरु सुनिन्छन । कतिपयले त कलाकार बनाई दिने बहानामा लिएर दुव्र्यवहार गर्न खोज्छन भन्ने खालको नराम्रो हल्ला पनि गाउँ घरमा सुनिन्छ । कालाकार बन्न प्रतिभा रुचिले मात्र पुग्ने भए त म पनि कलाकार बनिसक्थे होला उनले भनिन् ।

हाम्रो ठाउँमा प्राय जसो सास्कृतिक महोत्सवहरुको नै आयोजना गरिदैन । गरिहाल्यो भने पनि बाहिरको कलाकार हरुलाई बोलाउने गर्छन । टिकट कातेर महोत्सव हेर्न जानुपर्ने हुन्छ । कतिपयले नानाथरी नाराहरु जोडेर पैसा कमाउने उदेश्यले पनि महोत्सवहरुको आयोजना गरिन्छ । आफ्नो स्थानीय स्तरका कलाकारहरुलाई खास गरि स्थान दिइदैन । हमिले गित गाँउन्छौ भनेर भनेपनि समय छैन भन्छन । मलाई लाग्छ बाहिरको कलाकारहरलाइृ बोलाएर महोत्सबको आयोजना गर्नु भन्दा स्थानिय कलाकारहरुलाई पहिलो प्रथामिकतामा राख्नुपर्ने हुन्छ । बाहिरका कालाकारहरुलाई बोलायर स्थानिय कलाकारहरुको पहिचान गर्छौ भनने खालि भनाइमा मात्र सिमित छ । बाहिरको कलाकार बोलाएर धेरै पैसा खर्च गर्ने गर्छन् तर स्थानिय कलाकारहरुका प्रतिभाहरु लगानिकै अभावका कारण दबिएका छन् भन्ने कुरामा कसैको ध्यान नगएको उनको भनाई रहेको छ ।

म अहिले एउटा गित रेकड गर्नका लागि महेन्द्रनगरमा आएर बसेकी छु ।मलाई गित एक जना कलाकार दाइले एउटा गितमा ३५ हजार लगानि गर म गित गाउन दिन्छु भन्नुभयो । पहिला ३५ हजार लाग्छ भन्नुभयो । म एहाँ आएको दुई हप्ता भइसकेको छ । तर अहिले ६० हजार पनि लाग्न सक्छ भन्नुभयो । म अलमलमा छु मलाई यो बिषयमा केहि थाहा छैन । कसैले यति धेरै लाग्दैन भन्छन । मैले अहिले गाउँमा भनेको कुरा अनुभव गरिरहेकी छु उनले भनिन् ।

समाजले हेर्ने दृस्ठिकोण नै नराम्रो भएका कारण जोकोही संग धेरै लगानी नहुने भएकोले   कलाकार बनाउने बाहानामा पैसा खमन खाेज्ने खराब कलाकारहरूकाे संगतका कारण कलाकार बन्न नसक्ने उनको दुखेसो छ।

गायिका बन्ने ठुलो सपना बाकेकि समधुर स्वरकि धनि सुनिता रावतको कलाकारिता क्षत्रको अनुभव

भिडयाे सिहत हेर्नुहाेस

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!