मिन बहादुर खड्का/बाजुरा– जिल्लाको बुढिगंगा नगरपालिका वडा न. १ डुङग्री स्थायी घर भएका श्रि गोपाल थापा विगत लामो समय देखि बेपत्ता भएका छन ।
२०७७ असोज १५ गतेबाट नेपालगञ्जबाट घर फर्किने क्रममा हराएका हुन ।
मिति २०७६ माघ १५ गते देखि नेपालको बाके जिल्ला को नेपालगञ्जमा एक स्थान मा कर्मचारी को रुपमा काम काज गर्दै आएका थापा मिति २०७७ असोज १५ गते म भोलि घर आउदैछु भनि घरमा फोन गरेको दिन देखि आजसम्म सम्पर्क विहिन भएको आफन्तले बताएका छन ।
बिगत लामो समय देखि हराएका थापाको सबै ठाँउ खबर गर्दा सम्पर्कमा नआएको बताइएको छ । विभिन्न ठाउँमा खोजि गर्दा पनि केहि जानकारी प्राप्त नभएकोले हुदा यदि कसैले नाम : गोपाल थापा उमेर २६ बर्ष,स्थाई घर बुढिगंगा नगरपालिका वडा न. १ डुङग्रि बाजुरा,अनुहार गहुँ गोरो, उचाई : ५ फिट ६ इन्च भएका थापालाई कोहि कसैले भेटाएमा नजिकै को प्रहरी चौकीमा खबर गरिदिनहुन अथवा दिल्ली को लागि सम्पर्क नम्मर ९६४३२९२६२३ र नेपाल भित्रको लागि ९८४७५३८८८० ,र ९८४७२७८२८६
मा सम्पर्क गरिदिनहुन आफन्तले संवन्धित सवैलाई अनुरोध गरेका छन ।