कैलै काँणा झाँदि कैलै कुँणी झाँदी,
कैलै काँणा झाँदि कैलै कुँणी झाँदी,
जत्ती ओणी बोलाउनु उत्ति उत्ति पुणी झाँदी ।
भन्न्या बेला मु तेरेइ हुँ भनली तु मेरै होइ भनली,
एक आखर बोल्न दिँदिन मुख मुखैदी झुण्णी झाँदि ।
यै मनको कैकाइ पुग्न्यानाइ कलै पुग्न्यानाइ,
लाउँ लाउँ खाउँ खाउँभन्दा सास चुण्णी झाँदी ।
दुनिया काँ पुग्यो नापै राउदैन भन्दिछ,
कालले घुस लिदैन ऊ पन राउदिन आफू बुण्णी झाँदी ।।
उत्कृष्ट गजलकार नर बहादुर कटुवालका
बुढिगंगा नगरपालिका वडा न. ४ बाँनेगाँउ
हाल काठमान्डौँ