नेपाली काँग्रेसमा युवाहरुकाे खाँचाे रहेकाले जिल्ला कार्य समिति सभापतिमा नेता शाहकाे उम्मेद्वारी घाेषणा
२०७८ भाद्र ३०, बुधबार १९:२३
155 पटक पढिएको
मिन बहादुर खड्का/बाजुरा–नेपाली कांग्रेस माहाधिवेशन प्रतिनिधि युवा नेता चक्र बहादुर शाहले जिल्ला कार्य समितिको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन ।
बुधवार मार्तडीको हिलटप होट्लमा पत्रकार सम्मेलन गर्दै आफ्नो जिल्ला कार्य समितिमा उम्मेदवारी रहने घोषणा गरेका हुन ।
आशन्न नेपाली कांग्रेसको १४ औ माहाधिवेशन र ७ औ जिल्ला अधिवेशन नजिकिदै गर्दा जिल्ला स्थित नेपाली कांग्रेसमा आस्थावान नेता कार्यकर्ताहरु बिच भेटघाट छलफल र बैचारिक बहस भइरहेको छ । भेटघाट र छलफल मात्र नभई उम्मेदवारी घोषणा गर्ने क्रम पनि जारी रहेको छ । नेपालि कांग्रेस बाजुराको सहमति र सहकार्यका आधारमा एकताको अधिवेशन गर्ने तयारीमा नेता कार्य कर्ताहरु लागिरहेका छन ।
नेता शाहले यति बेला बाजुरा जिल्लाले युवा नेता खोजिरहेकोले आफु युवाको क्षत्रबाट नेतृत्वमा आएको बताएका छन । युवाहरुको माग नै युवा नेता नेतृत्वमा आउनुपर्छ भन्ने र रहेकाले आफु युवाहरुको जनभावनालाई कदर गरेर नेतृत्वमा आएको नेता शाहाले बताए । पत्रकार सम्मेलनमा नेता शाहाले आफ्नो नेपाली कांग्रेस निकट नेता कार्यकर्ता जोकोहिसंग पनि सहकार्य र आत्मियता रहेको बाएका हुन । म नेतृत्वमा युवाहरुको जनभावना अनुरुप आएको हु । जिल्लाका सिर्ष नेताहरुको पनि युवा पुस्तालाई नेतृत्व सुम्पिनु पर्छ र पार्टी चलायमान र शसक्त बनाउनका लागि पार्टी चलाउने जिम्मा अव युवा पुस्तालाई दिनुपर्छ भन्ने रहेको छ । लोकतान्त्रिक परिपाटीमा प्रतिसपर्धामा उभिनु स्वभाविक प्रक्रिया हो ।तर अन्तिममा सहमति र सहकार्यका आधारमा नै अधिवेशन सम्पन्न गर्ने हामा्े तयारी रहेको छ । प्रतिस्पर्धामा जतिसुकै साथिहरु उत्रियता पनि भावनात्मक रुपमा हामि एकताको सुत्रमा बांधिनेनै छौ । राजनिति आफ्ना लागि भन्दा पनि जनताका लागि गरिन्छ पदका लागि हामो् मनमोटाव रहने छैन नेता शाहले भने ।
बाजुरा जिल्लाको संदर्भमा युवाहरुको आषा अनि भरोसाको केन्द्र बिन्दु आफु भएकोले युवाहरुले र जिल्लाका सिर्ष नेताहरुले पनि आफुलाई सहमति गर्छन भन्ने कुरामा आफु सिश्वस्त रहेको बताएका छन । उक्त पत्रकार सम्मेलनमा नेता शाहले आफु कुनै गुट र उपगुटको उम्मेदवार नभएर सिङगो नेपाली कांगे्रसको उम्मेदवार रहेको दावी गरेका छन । नेता शाहले सहमतिको कुरा भएमा आफु पनि सहमति नभएमा चुनावी प्रक्रियामा जाने पनि रुपष्ट बताएका छन । नेता शाहाले अधिवेशनलाई भव्य सव्य तरीकाले सम्पन्न गर्नका लागि सकेसम्म सहमतिकै आधारमा सम्पन्न गर्न आफु प्रतिवद्ध रहेको बताए । पत्रकार सम्मेलनमा नेता शाहले नेपाली कांग्रेस पार्टीमा आफ्नो ठुलो योगदान रहेको बताउदै यदि सभापतिमा आफुलाई नेतृत्व सुम्पिने सहमति गरेमा नेपाली कांग्रेस बाजुरालाई शसक्त बनाउन र युवाका सवालहरुलाई सम्बोधन गर्ने र समग्र बाजुरा जिल्लाको बिकासमा लागि अहम भुमिका निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।
नेपालि कांगे्रस बाजुराको सहमति र सहकार्यका आधारमा एकताको अधिवेशन गर्ने तयारी थालिएको भएतापनि नेता कार्यकर्ताहरु एकै ठाँउमा उभिएका भने छैनन् दिन प्रतिदिन छट्टाछुट्टै छलफल गरेर उम्मेदवारी घोषणा गरिरहेका छन ।उम्मेदवारी घोषणा गर्ने नेताहरुको सहमति नभएमा हामि चुनावी प्रक्रियामा जनन्छौ भन्ने अभिव्यक्ति दिदै आएका छन । एसो हेर्दा एकले अर्कालार्य सहमति गर्दैनन् कि भनने देखिन्छ । अहिले सुम्म खुलेर मेरो यसलाई सहमति दिन्छु भनेर कसैले भन्न सकेका छैनन् । सबैको आफुलाई सहमति गर्नुपर्छ भन्ने खालको मनोवल रहेको देखिन्छ । साच्चिकै सहमतिकै आधारमा अबिधेशन सम्पन्न होला अथावा नहोला भन्ने एउटा कौतुहल्ताको र जिज्ञासाको बिषय बनेको छ । यसको एकिन कसैले गर्न सकेका छैनन् यसको नतिजा आउन बाँकि नै छ ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेस आस्थावान नेता काईकतर्मार जिल्ला भित्रका पत्रकारहरुको सहभागिता रहेको थियो ।