
राम बहादुर दानी/बाजुरा– नेपाली कांग्रेस बाजुराको सातौँ जिल्ला अधिबेशन नजिकीदै जाँदा महिला नेतृत्व पनि निकै नै तातेको छ । बाजुरा जिल्लामा उम्मेद्धार घोषणा गर्नेक्रम बढे पछि महिला नेतृहरु पनि आफुहरु कुन पदमा उम्मेद्वारी दिने भनी निकै दौडधुपमा लागि रहेकी छन । सातौँ जिल्ला अधिबेशनमा काँग्रेस बाजुराले महिलाको प्रतिनिधित्व गाँउ देखि जिल्ला सम्म शत प्रतिशतले उपस्थित गराउने भनेको छ, तर महिलाहरुको सहभागिता भने ३३ प्रतिशत सम्म पनि हुन सकेको अवस्था छैन ।
आगामी बाजुरा काँग्रेसको सातौ जिल्ला अधिबेशनमा महिलाहरुले कुन पदमा जिम्मेवारी पाउँनु पर्ने दाबी एकिन भने भएकाे देखिदैन । विभिन्न पदमा दैडधुपमा देखिन थालेकी महिला नेतृहरु पनि आफुहरु जिल्लाको सबै भन्दा ठुलो पदको नेतृत्व लिनेमा कम नभएको बताउछन । सातौँ जिल्ला अधिबेशनले महिलाहरुको उचित सम्मान दिए स्वतन्त्ररुपले समेत उम्मेद्धारी दिने तयारीमा जुटेको बताउछन ।
बाजुरा काँग्रेसको लामो राजनितिमा हुम्मिएकी महिला नेतृ जुना दानी, बिद्या तिमिल्सेना, राधिका सिंह, कबिता बिष्ट, राधिका सुनार,अमृता सिंह, उमा रोकाया, तारा खाती, कुन्ती साउँद बुढा, रीता शाही, चन्द्रा देबी बुढा लगायतकी महिला नेतृहरु बलियो रुपमा केन्द्र र जिल्लाको नेतृत्वका लागि सकस गरेर लागेको पाईन्छ ।
जुना दानी र राधिका सिंह बर्तमान माहाधिबेशन प्रतिनिधी हुन् भने बिद्या तिमिल्सेनाले छैटौं जिल्ला अधिबेशनमा महाँधिबेशन प्रतिनिधीमा पराजय भोगेकी थिईन् । त्यस्तै नेपाला संघकी जिल्ला अध्यक्ष अमृता सिंह पनि कुनै न कुनै पद लिएरै छाड्ने दाउमा लागेकी छन ।
राजनितिक यात्रामा कमै समय भएता पनि त्रिबेणी नगरपालिकाकी उप मेयर राधिका सुनार र बुढीगंगा नगरपालिकाकी उपमेयर तारा खाती पनि सातौँ जिल्ला अधिबेशनमा आफुले पनि जिल्लाको नेतृत्व लिने दौड धुपमा लागेको पाइन्छ । खप्तड छेडदह गाउँपालिकाकी उपाध्यक्ष हुन् कुन्ती बुढा साँउद र हिमाली गाउँपालिकाकी उपाध्यक्ष चन्दा देबी बुढा पनि सातौँ जिल्ला अधिबेशनमा आफु जिल्लाको नेतृत्व लिन सक्ने कुराको दावी गरी रहेकी छन ।
पछिल्लो समयमा सामाजिक अभियान्तामा सक्रिय युवा महिला नेतृ रीता शाहीले पनि जिल्लाको कुनै न कुानै पदका लागि नेतृत्व लिने दाउमा दौडधुप गरेको पाईन्छ । आफुलाई समाजमा रहेका दुखि पीडितहरुको सेवा गर्दै कुशल समाजसेवी राजनितिज्ञका रुपमा ठान्ने शाही पनि जिल्ला स्तरको नेतृत्व लिने दौडधुपमा लागेकी छन । नेतृ शाहीको आगामी लक्ष भने आशन्न संघिय स्थानिय निर्वाचनमा आफ्नो नगरपालिकाबाट उपमेयर बन्ने लक्ष बोकेर सफल महिला नेतृत्वमा लागेको पाईन्छ । गौमुल गाँउपालिकाको काँग्रेसलाई एकिकृत बनाउदै आफ्नो राजनितिमा ठुलो योगदान रहेको बताउदै आएकी अर्की महिला नेतृ उमा रोकाया पनि आफु जिल्ला स्तरको नेतृत्व लिने निकै सकसमा देखिन्छन । पछिल्लो समयमा नेपाली काँग्रेसको युवा बलियो खम्बा हुन तारा डँडाल उनि पनि आफु सातौँ जिल्ला अधिबेशनमा कुन पदमा उम्मेद्वारी दिने भन्ने विषयमा अलमलमा परेको पाइन्छ । त्यस्तै युवा नेतृ जुझारु नेपाली काँग्रेसको हरेक तह तप्कामा सकृय रुपमा लागेकी धनी थापाको पनि कुन पदका लागि यात्रा अगाडी बढ्ने हो कुरो खुलाउन सकेकी छैनन ।
को हुन त ? नेतृ जुना दानी ?
नेपाली काँग्रेसकी लामो समय सम्म आफ्नो पुरै जीवन त्याग गरेकी कुशल महिला नेतृ जुना दानीको पाटी पंत्तिमा ठुलो योगदान रहेको छ । नेपाली काँग्रेसका हरेक भातृसंघमा आवद्व हुँदै राजनितिक यात्रा सुरु गरेकी महिला नेतृ दानी त्यागी नेताको रुपमा चिनिन्छन । बिगत लामो समय सम्म उमेरले आधा समय फट्कोे मारि सक्दा पनि राजनितिसंगै बैबाहिक सम्बन्ध गाँछेकी नेतृ दानीले एक्लो जीवन यापन गरेर आफ्नो पुरै जीनदगी राजनितिमा गएको पत्तै पाइएकी छैनन् । उनि बाजुरा काँग्रेसको एक त्यागी महिला नेतृको रुपमा पनि चिनिन्छन ।
नेपाल महिलासंघ बाजुराको अध्यक्ष समेत भैसकेकी नेतृ दानी महाधिबेशन प्रतिनिधी, महा समिति सदस्य हुदै हाल नेपाल महिला संघको केन्द्रीय सदस्य रहेकी छन । २०६४ र २०७० सालमा संविधान सभाको समानुपातिक टिकट पाएकी नेतृ दानीले साविकको जुगाडा गा.बि.स. हालको वडीमालिका नगरपालिका वडा नं. १ मा रहेको जाल्पा देबि मा.बि. बाट आफ्नो विद्यार्थी राजनिति शुरु गरेकी थिइन् । उनी सिटौला पक्षको निकट रहेर आफुलाई बलियो खम्बाको दिन्छन । काँग्रेस बाजुराको अधिबेशन नजिकिदै जाँदा उनले भने कुनै पनि पदका लागि उम्मेद्वारी दिने कुरामा दावि गरेकी छैनन । बिभिन्न संचार मिडियाहरुसंगको कुराकानीमा तपाई जिल्लाको महिला बलियो र लामो समय सम्म योगदान गरेकी महिला नेतृ हुदा सातौँ जिल्ला अधिवेशनमा जिल्ला सभापतिको पद किँन लिँनु हुँन्न भनेर सोध्दा आफुलाई आफु भन्दा माथीको नेतृत्वले जुँन पद दिए पनि बस्न तयार भएको तर एकता र सहमतिको अधिबेशन हुनु पर्ने कुरामा जोड दिदै आएकी छन् ।
को हुन त ? नेतृ बिद्या तिमिलसेना ?
बिद्या तिमिल्सेना पनि बाजुरा काँग्रेसको लामो समय सम्म त्याग तपस्या गरेकी एक कुशल महिला नेतृ हुँन । बिद्यार्थी जीवनबाट आफ्नो राजनितिक यात्रा शुरु गरेकी नेतृ तिमिल्सेना पनि बिभिन्न भातृ संघहरुको नेतृत्व गदै केन्द्रीय प्रतिनिधि भै सकेकी छन । जिल्ला अधिबेशन नजिकीदै जाँदा पनि महिला नेतृ तिमिल्सेनाले भने आफु कुन पदमा लड्ने खुलेर भन्न सकेकी छैनन् । तर अधिकाँश समय जिल्ला बाहिरै बस्ने भएकोले काँग्रेस बाजुरामा युवाहरुले कम चिन्ने नामको रुपमा तिमिल्सेनाको नाम रहेको छ ।
को हुन त ? नेतृ राधिका सिंह ?
सातौँ जिल्ला अधिबेशनको समय नजिकिदै जाँदा आफुले नेपाली काँग्रेस बाजुराको जिल्ला सभापति पदका लागि खुलेरै उम्मेद्वारी दिने नेतृ सिंह बताउदै आएकी छन । महिलाहरुको सवालमा आवाज उठाउदै समाज सेवामा लागेको भन्दै उनले आफुलाई जिल्लाको उच्च पदको नेतृत्व दिनेमा दुइ मत नभएको ठोकुवा गदै आएकी नेतृ सिंहको पनि काँग्रेस बाजुरामा ठुलो त्याग तपश्या र बलिदान रहेको छ । बिभिन्न समयमा नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधी पदमा खुल्ला लडेर पराजय भोग्दै आएकी नेतृ सिंहको भने सातौँ जिल्ला अधिबेशनमा खुलेरै जिल्ला सभापतिको पदका लागि दाबी रहेको छ ।
को हुन त ? नेतृ कबिता बिष्ट ?
खुल्ला आकासको चरी जस्तै खुलेरै बिद्यार्थी जीवन देखि राजनिति पेसामा लागेकी बिष्टले पनि सातौँ जिल्ला अधिबेशनमा आफु कुन पदमा जाँने कुनै मुख खोलेकी छैनन् । जिल्लाको साविक छतारा गा.बि.स. हालको त्रिवेणी नगरपालिकाबाट बिद्यार्थी राजनितिमा हुम्मिएकी बिष्ट हाल बडीमालिका नगरपालिकाको उप मेयर हुनु हुँन्छ । उनले पनि बिभिन्न राजनितिक घटनाक्रममा नेतृत्वको जिम्मेवारी लिएर हरेक बिद्यार्थी क्रान्तिमा लागेर आफ्नो छुट्टै राजनिति पृष्ठभुमी बनाइ सकेकी छन । आफुले जिल्लाको कुन पदमा नेतृत्व लिने टुँगो नलगाएता पनि सातौँ जिल्लाा अधिबेशन सभ्य र भब्य रुपमा सफल पार्न नेताहरु एकै ठाँउमा उभिनु पर्ने कुरामा अडान लिएर आएकी छन् ।
को हुन त ? नेतृ राधिका सुनार ?
जीवनको छोटो समयमा मात्र भए पनि खुलेर राजनितिमा आएकी नेतृ रााधिका सुनार हाल त्रिवेणी नगरपालिकाकी उप मेयर हुन । नेतृ सुनारका पति राम बहादुर सुनारको अपृय घटनामा निधन भए पश्चात उनलाई त्रिवेणी नगरपालिकाको उपमेर पदका लागी सबैले न्याय दिएका थिए । पछिल्लो समयमा नेपाली काँग्रेस बाजुरामा उनको राजनितिक पृष्ठभुमी निकै राम्रो रहेको छ । नेतृ सुनारले पनि जिल्ला अधिबेशन नजिकिदै जाँदा आफ्नो उम्मेद्वारी कुँन पदमा रहने खुलेर मुख खोलेको छैन ।
को हुन त ? नेतृ अमृता सिंह ?
पेसाले होटेल ब्यबसायी भनेर चिनिने नेतृ अमृता सिंह पनि नेपाली काँग्रेस बाजुराकी एक बलियो खम्बाको रुपमा चिनिदै आएकी महिला नेतृ हुन । बाजुरा काँग्रेसको लामो समय सम्म आफ्नो त्याग तपश्या गदै आएकी नेतृ सिंहले पनि आफुले कुन पद लिने खुलेर मुख नखोलेको पाइन्छ । बाजुराको महिलाको सवालमा आवाज उठाँउदै आएकी नेतृ सिंह हााल नेपाल महिला संघ बाजुराकी अध्यक्ष हुनु हुँन्छ ।
को हुन त ? नेतृ उमा रोकाया ?
बिद्यार्थी जीवन देखि लामो समय सम्म राजनिनतिमा हुमिएकी नेतृ रोकायाले पनि पाँचौँ जिल्ला अधिबेशनमा आफ्नो उम्मेद्वारी कुँन पदमा रहने भन्ने कुरा खोलेकी छैनन् । २०७४ सालको संघिय निर्वाचनमा गौमुल गाँउपालिकाको उपाध्यक्ष पदमा लडेकी नेतृ रोकायाले तत्कालिन गठबन्दनको नेकपाकी उम्मेद्वार सीता थाापासंग पराजय भोग्नु परेको थियो । जिल्लाको गौमुल गाँउपालिकाबाट आफ्नो राजनितिक यात्रा शुरु गरेकी महिला नेतृ रोकाया हाल नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराको सदस्य पदमा हुँनु हुँन्छ । नेतृ रोकायाले पनि सातौँ जिल्ला अधिबेशनमा आफु कुँन पदमा जाँने भन्ने कुराको टुङ्गो भने लगाएको पाइदैन ।
को हुन त ? नेतृ तारा खाती ?
शिक्षण पेसाबाट हात पुछेर राजनितिमा आएकी नेतृ तारा खातीले पनि जिल्ला अधिबेशन नजिकीदै जाँदा आफु कुन पदमा जाँने खुलेर भन्न सकेकी छैनन् । जीवनको लामो समय शिक्षण पेसामा ब्यतित गरि सकेकी नेनृ खाती २०७४ सालको संघिय निर्वाचनमा शिक्षण पेसाबाट राजिनामा दिएर खुल्ला राजनितिमा आएकी थिइन् । शिक्षण पेसामा रहदा पनि उनले नेपााल शिक्षक संघको बिभिन्न पदमा रही भातृ संस्थाको रुपमा पाटीमा लामो योगदान दिदै आएकी थिइन । २०७४ सालको संघिय निर्वाचनमा बुढीगंगा नगरपालिकाको उपमेयर पदमा विजयी भएकी नेतृ खातीले पछिल्लो समयमा आफ्नो राजनितिक छाप छुट्टै बसालेको उनी बताउदै आएकी छन । जिल्ला अधिबेशनको समय नजिकिदै जाँदा पनि उननले खुलेरै आफु कुँन पदमा जाँने टुङ्गो लगाउन सकेकी छैनन् ।
को हुन त ? कुन्ती बुढा (साउँद) ?
बिद्यार्थी राजनितिमा लागेकी नेतृ कुन्ती बुढा (साँउद) पनि पछिल्लो समयकी बाजुरा काँग्रेसकी सकृय नेतृको रुपमा परिचित छन । २०७४ सालको संघिय निर्वाचनमा खप्तड छेडेदह गाँउपालिकाबाट उपाध्यक्ष पदमाा निर्वाचित जनप्रतिनिधिको रुपमा रहेकी नेतृ साँउदले पनि जिल्ला अधिबेशन नजिकीदै जाँदा आफुले कुन पदमा लड्ने भन्ने कुरामा अलमलमा परेको पाइएको छ ।
को हुन त ? युवा नेतृ रीता शाही ?
पछिल्लो समयमा सामाजिक अभियान्ताको रुपमा समाज सेवा गर्दै आएकी युवा महिला नेतृ रिता शाही (रितु) पनि नेपाली काँग्रेस बाजुराको एक बलियो युवा नेतृको खम्बाको रुपमा परिचित छन । हरेक समयमा विपति तथा पीडामा परेका जनताहरुको घर दैलोमै पुगेर समाज सेवा गरेर बेग्लै पहिचान कमाएकी युवा नेतृ शाहीले पनि सातौँ जिल्ला अधिबेशनमा निकै नै दौडधुप गरेको पाइन्छ तर आफु कुन पदमा जाँने मुख खोल्न सकेको छैन । नेनृ शाही साहित्य बिधामा पनि अब्बल हुनु हुन्छ । उनले केहि गजल संग्रह समेत प्रकाशन गरिसकेकी छन भने धेरै गीतहरुको शब्द संगीत र आवाज दिइ सकेकी छन । हरेक क्षेत्रबाट समुदायमा परिचित नेतृ शाही आफुलाई काँग्रेसको नेतृत्व लिनमाा अब्बल महिलाको रुपमा लिन्छन । उनको आगामी लक्ष भने बुढीगंगा नगरपालिकाको उप मेयर पदको लागी लड्ने आकाँक्षा राखेको पाईन्छ ।
को हुन त ? नेतृ चन्द्रा देबी बुढा ?
पढाईमा सामान्य साक्षर मात्र भएता पनि पाको महिला नेतृको रुपमा परिचित भएकी महिला नेतृ चन्द्रा बुढा पनि जिल्ला अधिबेशनको समय नजिकीदै जाँदा कुन पदमा जाँने अलमलमा रहेको पाईन्छ । उनी तत्काल जिल्लाको नेतृत्वको दावेदार नभएता पनि प्रदेश (क) को नेतृत्व लिने आकाँक्षामा रहेकी छन । २०७४ सालको संघिय निर्वाचनमा हिमाली गाँउपालिकाको उपाध्यक्षमा निर्वाचित महिला नेतृ बुढा बाजुरा काँग्रेसको पाको महिला नेतृको रुपमा चिनिन्छन ।
नेपाली काँग्रेस बाजुराको सातौँ जिल्ला अधिबेशनमा महिला नेतृत्वले अगुवाई गर्ने बाजुराकी महिला नेतृहरुको निकै ठुलो दावी रहेकाे पाईन्छ ।