
धनगढी–त्रिभुवन राजपथको पालुङ–नौबिसे सडकखण्ड अन्तर्गत सोप्याङ खोलामा बुधबार राति भएको ट्रक दुर्घटनामा थाहा नगरपालिका वडा नम्बर १ का सदस्य सुन्दर प्रधानको मृत्यु भएको हो ।
खानीखोला इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुपा थापाले दिएको जानकारी अनुसार पालुङबाट काठमाडौँका लागि तरकारी बोकेर जाँदै गरेको ना ५ ख ८६४२ नम्बरको ट्रक बुधबार राति ११:५५ बजे थाँक्रे गाउँपालिका–८ स्थित सडकबाट करिब ७० मिटर तल उक्त खोलामा खसेर दुर्घटना भएका बताइएको छ ।
ट्रक खस्न लागेपछि त्यहाँबाट हामफाल्ने क्रममा उनको घटनास्थलमै मृत्यु भएको र चालक प्रमोद अर्याल भने हाम फालेर ज्यान जोगाउन सफल भएको जानकारी प्राप्त भएको छ ।
दिनेश खबरबाट साभार