बाजुरा,३१भदौ–बाजुराको खप्तड छेडेदह गाँउपालिकामा रहेको गुदुगाडको पुल गाँउपालिको नजरमा पर्न सकेको छैन् । उक्त गाँउपालिकाको वडा नम्मर ३ को गुदु र ४ को मुणयार्थ को विचमा पर्ने गुदुगाड पुल भत्किएको एक बर्ष पुरा भईसक्दा पनी समन्धित स्थानिय तहको ध्यान नगएको पाइएको छ । गुुदुगाडमा छेउको भाग नदिले कटान गरेपछी पहिरो आएर पुल जिर्ण अवस्थामा रहेको छ ।
एक बर्ष देखी गुदुगाड पुल जिर्ण अवस्थामा हुदा समेत समन्धित गाँउपालिका तथा संघ र पदेश सरकार बेखवर बनेको एक स्रोतले जनाएको छ । एक स्रोतले दिएको जानकारी अनुशार विगत एक बर्ष देखी गुदुगाडको पुल जिर्ण अवस्थामा रहेको र त्यसलाई मर्मत गर्नका लागी गाँउपालिका र वडा कार्यालयलाई स्थानियहरुले पटक पटक आग्रह गर्दा पनी नागरिकका सवालहरुलाई वास्ता नगरी उल्टै समन्धित स्थानिय सरकार मुखदर्शक बनेको हो ।
खप्तड छेडेदह गाँउपालिकाले विकासका कामहरुलाई प्राथमिकता दिएको भएपनी गुदुगाड पुलमा भने कुनै चासो नदेखाएको त्यहाँका स्थानियहरुको गुनोसो रहेको छ् । गुदुगाडको पुल मर्मत सम्भार नहुदा बिशेष गरी विद्यार्थीहरु बढी समस्यामा पर्ने गरेका छन् ।साथै दैनिक आवतजावत गर्ने मुख्य बाटो भएकोले अन्य सर्वसाधरणलाई पनि आवतजावत गर्न कठिनाई भएको छ । गाँउपालिकाको वडा नं ४ मा रहेको खापर देवस्थली माध्यामिक विद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई स्कुलबाट आउन र जान निकै सास्ती खेप्नु परेको बिद्यार्थी दिपेन्द्र सुनारले बताएका छन् । ज्यानलाई जोखिममा राखेर पनि आवतजावत गर्नैपने बाध्यता रहेको स्थानियको दुखेसो पोखेका छन । यो बिषयमा एता गाँउपालिका अध्यक्ष र वडा अध्यक्षलाई फोन संम्र्पक गर्दा फोन नलागेका कारण केहि जानकारी प्राप्त भएको छैन ।
किनारा न्यूुजबाट साभार