
बाजुरा २ असोज–सदरमुकाम मार्तडी बासीको दशैं तिहार पछिको दोस्रो ठुलो पर्व अनन्ते मेला यस वर्ष यही असोज ४ देखि ६ गतेसम्म लाग्ने भएको छ । दशैँ र तिहारपछिको दोस्रो ठूलो पर्वका रुपमा मनाईने अनन्ते मेला आगामी सोमवारबाट विधिवत रुपमा सूरु भई २ दिन सम्म लाग्ने मेला साँझ ९ बजे सम्म मात्र लाग्ने बडीमालिका नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।
सदरमुकाम मार्तडीको मालिका मन्दिरमा लाग्ने उक्त मेलामा यहाँका स्थानीयहरुले रातदिन आ–आफ्नै शैली र परम्परा झल्किने गरी अनन्ते खेल्ने गरेका छन् । जब नेपालमा नेपाली र अंग्रेजहरुको युद्ध चलेको थियो । त्यही युद्धको बेलादेखि नेपालमा यस अनन्ते मेलाको सुरुवात भएको र अंग्रेजहरुले नेपालीलाई अन्याय गरेकोले अन्यायको अन्यहोस् भनेर अनन्ते मेला पर्व मनाउने चलन रहेको स्थानीयले बताएका छन् ।
यो पर्व मनाएपछि आफूले सोचेका मनोकांक्षा पूरा हुने स्थानीयहरुको जन विश्वास रहदै आएको छ । यस पर्वलाई महाभारतमा कौरवसँगको लडाइमा पाण्डवहरुले गरेको विजय प्राप्तिको खुसियालीमा पाण्डवका समर्थक तथा न्यायका पक्षधरले मनाउने विजय उत्सवको रुपमा यो पर्व हरेक वर्ष मनाउने गरिन्छ । तर अघिल्लो वर्ष कोरोना महामारीका कारण मेला लागेको थिएन् । यस वर्ष भने बडीमालिका नगरपालिकाले मेला लागेपनि सिमित समयसम्म मात्र लाग्न दिने निणर्य गरेको छ ।
अनन्ते पर्वलाई सत्यको विजय भएको दिनको सम्झनामा मनाउने गरिन्छ । मेला अवधीभर लाखेनाच, माँगल, पाण्डवहरुको युद्ध कौशल, लडाईको युद्ध नीतिका बारेमा चर्चा परिचर्चा गर्ने गरिन्छ । स्थानीय लोक सँस्कृति र जिल्लाको पहिचान स्वरुप मनाइने अनन्ते मेला जिल्लाका मार्तडी, जुगाडा, आटीचौर, बुढीगंगा, बाह्विस लगाएत एक दर्जन बढी क्षेत्र धुमधामका साथ मनाइने गरिन्छ ।
बडिमालिका नगरपालिका–८मा मनाइने यो अनन्ते मेला साँझ ९ बजे सम्म मात्र मनाउन पाइने भएको छ । नगरपालिकाको शुक्रवार बसेको बैठकले एक सूचना जारी गर्दै सो निर्णय गरेको हो । मिति २०७८ साल असोज ४ देखि ६ गते सम्म भाद्र शुक्ल पुर्णिमाको अवसरमा मनाइने अनन्ते मेला साँझ–९ बजे सम्म मात्र मनाउन पाइने नगरपालिकाले जनाएको छ ।
जिल्लाका विभिन्न ठाउँठाउँमा मनाईने चाड पर्व मेला आदिले गर्दा भिडभाड धेरै हुनाले कोरोनाको उच्च जोखिम हुने भएकाले नगरपालिका–८ मा मनाईने अनन्ते मेलामा भिडभाड गर्न नपाई ,मास्कको अनिवार्य प्रयोग गर्नु पर्ने , मेला अवधिवर जाँड रक्सि जस्ता मादक पादार्थ ,लागु पदार्थ विक्री वितरण एवंम सेवन गरेको पाइएमा कानुन बमोजिम कार्वाही गर्ने नगरपालिकाले एक सूचनामा उल्लेख गरिएको छ ।
प्रत्ययेक वर्ष भाद्र शुक्ल पुर्णिमाका दिन मनाइने अनन्ते मेला यस वर्ष पनि मनाइने भएको छ ।बाजुराको बडिमालिका नगरपालिका–७,८ र अन्य ठाउँमा मनाइने अनन्ते मेला यो वर्ष असोज महिनामा परेको छ । सो मेलामा सवैले सास्थ्य सुरक्षाका साथ मेला पर्व मनाउन नगरपालिकाले आग्रह गरेको छ ।
किनारा न्यूजकाट साभार
सूचना हर्नुहोस् यस्तो रहेको छ ।