युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
क्रिएटर जोन एकेडेमीले गर्यो नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न | बाजुरा मा चट्याङ लागेर एक नाबालिका को मुत्यु | एसियन लाईफ ईन्स्योरेन्सले बार्षिकउत्सबको अबसरमा बालबालिकालाई सहयोग | बाजुरालाई बिकास निर्माणमा पक्षपात गरेको अध्यक्ष ओली भनाइ | पत्रकारको हत्या , संञ्चार गृहमा भएको घटनामा संलग्न लाई कारबाही को माग गर्दै सिडियो मार्फत प्रधानमन्त्री लाई ध्यानाकर्षण | पत्रकारको हत्या र मिडियामाथिको आक्रमणविरुद्ध बाजुरामा पनि विरोध प्रदर्शन निरन्तर जारी | साप्पाटामा पुग्यो सडक,नागरिक खुशी | सुदूरपश्चिममा लगानी तथा विकास सम्मेलनको तयारी तिव्र | सुदूरपश्चिममा लगानी तथा विकास सम्मेलन तिव्र | जिल्ला कारागार बाजुरामा क्षमता भन्दा बढी कैदिबन्दी |
188 पटक पढिएको

यात्रा स्मरण
दयाराम पण्डित
वारिउदाकी खेतीबेती पारिउदाकी विनी ।
ऐले माई बुुढीनन्दा क्याउ बर दिन्नी ।।

वारिउदाकी खेतीबेती पारिउदाकी बिनी।
ऐले माई बुढिनन्दा माग्यो बर दिन्नी ।।

शक्ती स्वरुपेणी बुढिनन्दा माताको यो वर्षको मेला हालसालै सम्पन्न भएको छ । प्रत्येक वर्ष भाद्र शुक्पक्ष चर्तुुदशी तिथिका दिन लाग्ने उक्त मेला भर्न शुदुुर र मध्यपश्चिमका सयैं भक्त श्रद्धालुजन बुढनन्दा जाने गर्दछन् । पुुण्य भुमी बुढिनन्दालाई धार्मिक दृटीकोणले रोज्यो फल पाईने र पर्यटकीय दृष्टीकोणले भुु–स्वर्गको एक टुक्राका रुपमा लिन सकिन्छ । समुन्द्री सतहबाट १६ हजार फिट उचाईमा अबस्थित बुढिनन्दा माताको दर्शन गर्नाले मनोकाँक्ष पूरा हुने धार्मिक मान्यता रहिआएको छ । हिमालय पर्वतमा अबस्थित अलौकिक देबी “ बुढीनन्दा माताको” दर्शन गर्न हाम्रो पारिवारिक तिर्थयात्राको स्मरणीय क्षेणलाई पाठक समक्ष पुुर्‍याउन जमर्को गरिएको छ । यात्राको क्रममा हामीले जेजस्तो देख्यौं र भोग्यौं त्यहीकुरा यात्रा स्मरणका रुपमा पाठक समक्ष पस्केको छु ।

बिगत लामो समय पछि आस्था भरोशा शक्ती स्वरुपेणी देबी बुढीनन्दा माताको पारिवारिक दर्शन गर्ने अवसर जुट्यो । यात्रका क्रममा माथि उल्लेखित स्लोक ( मांगल)अनुसार १६हजार फिट उचाइँमा अवस्थित बुढिनन्दा माईको नेजारबाट तल हेर्दा वारिपट्टी खेतपाती गरे झैं समथर भुमि पारी पट्टी हेर्दा बिनी (धौलीवगर ) जो सानो खोला तर दुध बगे झैं कलकल बगिरहेको धौलीबगर देखिन्छ । धर्तीको एक टुक्रा स्वर्ग झै मनमोहक छ । त्यही धर्तीलाई स्वर्गको टुक्रा सम्झेर भक्तजन श्रद्धालुहरु मांगल भजन गाउँदै एकत्रित मनले बुढिनन्दा माताको दर्शन गर्न जान्छ्न् । यस यात्रास्मरणमा सुन्दर २२ पाटन , र्धािक एबं पर्यटकीय महत्व गोठालाले गरेका स्वागत र समगमा बुढिनन्दामाताको महिमामा सर्मपित छ ।


शक्ती स्वरुपेणी आराध्य देबी बुढीनन्दा माताको मन्दीर बाजुराको बुढीनन्दा नगरपालिका वडा नं ३ मा अबस्थित छ । बुढिनन्दा मन्दीर ४५८१ मिटर उचाइमा पर्छ । सदरमुकाम मार्तडी देखि करिब ५६ किलोमिटर दुरी छ । कोल्टीबाट करिव तिस किलो मिटर दुरी पर्छ । प्रत्यक वर्ष भाद्र शुक्लपक्ष त्रयोदशी तिथीदेखि बुढिनन्नदा माताको दर्श गर्न तिर्थालुु भक्तजन मेला भर्न जाने गर्दछन् । दु:खकष्ट गरी बुढीनन्दा माताको दर्शन गरे मागेको वर पाईन्छ भन्ने धार्मिक एबं सामाजिक मान्यता पनि छ ।

यस वर्षको धार्मिक तथा पर्यटकीय मेला पनि भाद्र ५गते सम्मपन्न भएको छ। वर्षको एक पटक भाद्र सुक्लपक्षमा लाग्ने उक्त मेला भर्न बाजुरा, बझाङ्ग, अछाम, डोटी, डडेलधुरा र कालीकोटल गायतका तिर्थालु भक्तजन जाने गर्दछन् । शक्ती स्वरुपेणी बुढनन्दा माताको दर्शनगर्नाले भाकल अनुसारको बरमागें पुरा हुने धार्मिक विश्वास छ । एकत्रित मनले पवित्र देवभुमी बुढिनन्दा पुुगेपछि अबिबाहित वरवधुु ले वरपाउने ,निसन्तानले सन्तान , निर्धनीले धन र अशिक्षितले शिक्षा प्राप्ती हुन्छ भन्ने धार्मिक विस्वास रहिआएको छ । भाकल पुरा भएकै कारण प्रापूर्वकाल देखि बुढिनन्दामाताको दर्श गर्ने प्रचलन रहेको छ । यात्राको क्रममा हामीले विशेषगरी बुढिनन्दा माताको प्रबेद्धार सिमकुरु देखि माथिको सचित्र सहित बर्णन गरिएको छ ।

सदरमुकाम मार्तडीबाट दुुई दिनको पैदल यात्रा पछि अप्रान्ह चार बजे हामी सिम कुरु पगेऔं । त्यहाँको भुबनौट हेर्दा पाहडी उपत्यका जस्तो । जहाँ वरीपरि डांडैडाँडा वीचमा बुढिनन्दा खोला कलकल बगरिरहेकी छिन् ।चराचुरुगी चिरविर आवजमा गित गाइरहेका । माथि सिरानीमा पाटनमा घोडाभेडा लस्करै चुन चरिरहेका दृष्यले मन प्रफुल्ल बनायो । पारिपट्टी नौमुले धारा । जहाँ एकै साथ नौमुल कलकलबगिरहेका दृष्यले मनै लोभ्याउँछ । नौमुलमा स्नान ध्यान गर्नाले पापहरण हुन्छ । मन शान्ति हुन्छ । चर्म रोग पनि निको हुने मान्यता छ । स्नानधान पछि सिमकुरुको भावना निमावि स्कुलमा वास बस्यौं । कोरोनाका कारण लामो समयसम्म विद्यालय बन्द हँंदा स्कुलको प्राङ्गणमा झारले भरिएको थियो ।कक्षा कोठा पनि सित पानी मक्काईका थिए ।कोठा ह्वारहार्ती गन्हाएका थिए । तैपनि स्थानीय र शिक्षाकको सहयोगमा अफिसकोठामै सुत्ने व्यवस्था भयो । उहाँंहरुलाई धन्यवाद !

भोलिपल्ट विहान सबैरै उठेर नित्यकर्म पछि सिमकुरु देखि छाप्रे पाटन तर्फ हामी अघि बढ्यौं । माँगल नाचगान अनि घनघोर जंगलको उकालोमा रमाउदै विहानको खाना लादे भैंशी खरकमा खायौं । त्याहाँ पुुग्दा गोठाला दाईले दही,दुध, नैबेद, बुकी फुुल र चुनले सजाएर राखेका थिए । तिर्थालुको स्वागत गर्न आतुर देखिन्थे । हामीले उहाँहरुको स्वागत सम्मान लियोैं । त्यही खाना खायौं ।शुद्ध साकाहारी खाना बुढिनन्दाको प्रसादको रुपमा लिने गरिन्छ । मिठोखानासंगै गोठालासँगएकछिन गफियौं गफमा गोठालाका गुुनासा धेरै थिए ।“ लादे छाप्रे पाटन सम्म सडक सञ्जाल जोडिएको भए अझै बुढिनन्दाको महिमा अझै बढ्ने थियो । हाम्रो पहुँच छैन पहुँचवाला टेर्दैनन् । ” दलबीर रोकाया लगागायतका गोठाला दाइकातमाम बेदना सुन्यौं । तिगुनासा सरोकार वालाबाट सुनुवाई भइदिए हाम्रा लागि पनि यात्रा सहज हुने महशुुस गर्‍यौं ।

त्यसपछि हामी टोपी खस्ने उकालो चुन र सयौं थरी थरीका बुटी र सुुगन्धवाल फुलसंगै रमाउदै अप्रान्ह चार बजे छाप्रे पाटन पुुग्यौं । किंबदन्ती अनुसार बुढिनन्दा देबी कोल्टीको चौकीलेख छोडेर मृगको रुपधारण गरी छाप्रे ओडारमा बास बसेकी हुन् रे ! सोही मान्यता अनुसार तिर्थाटनमा गएका भक्तजनले एकरात छाप्रे ओडारमा वास बस्नै पर्ने धार्मिक मान्यता छ ।


त्यो स्थान कुण्डा क्षेत्रबाट आउने तिर्थालुहरुको संगम स्थिल पनि हो । बेलुका सबै भक्तजनसंग भेट भयो । सयौं यात्रुछाप्रे ओडारमा जाग्राम वसे । हामी पानीबयालोको सिरेटोसंगै त्रिपालको सहारामा रातभर माँगल गाएर जाग्राम बस्यौं । भगवानभक्तीको आनन्द बेग्लै ।
भोलिपल्ट भक्तजनको लस्कर सहित पाँणा पूजाराका (मुख्यमान्छे )साथमाहामी बुढीनन्दा तर्फ लम्कियौं। अनौठो अनि शुरक्षित पनि । पुुजारी र स्थानीय अगुवा भन्दा अघिहिड्न पाईदैन। जुत्ता चप्पल त्यही छाप्रे पाटन छोडर हामी अघि वढेऔं । हामी अघि बढ्दै जाँदा निधारमा अक्षता झै टल्कीने अदानचुली पाटनमा घाडा भेडा चरिरहेका देख्दा प्रकृती देखि कस्को प मन न लोभिदा हो ।

बुढिनन्दा क्षेत्रको २२ पाटन जहाँ घोडा भेडा चंरीको चरन क्षेत्रका रपमा लिईन्छ । अदानचुली पाटनबाट अत्यन्त मनोरम देखिन्छ । २२पटानलाई अनगिन्त जडीबुुटीको भण्डारका रुपमा पनि लिईन्छ । हामीले पनि २२पाटनको अत्यन्त रमणीय र स्मरण योग्य क्षेत्रमा पारिवारिक तीर्थाटनकै क्रममा एक सामुहिक फोटो क्लििक गरेऔं । जहाँ जुत्ता चप्पल लगाएर जान पाईदैन । हामीलाई पनि महशुस भयो । चार सय बढीभक्तजनमा दुुईचार जनाले जुत्ता लगाएर जवरजस्ती गएका थिए । बुुढिनन्दा औंला काटिए छन् । तर नाङ्गखुट्टे हिड्नेलाई भने केही भएन । हामीलाई झन विस्वास जाग्यो ।

हिमालका सयौं डाँडापाखा नौ पाखेसात फेरे छिचोलेर चरीदह पुगिन्छ । माथि बरमाग्ने डाँडामा बुढिनन्दा माताबाट चाहेको वर माग्न सांकेतिक वर मागिन्छ । तल चरीदह पुुगेर स्नानध्यान गरिन्छ । पृती श्राद्ध र मतवालाले जनै धारण गर्ने प्रचलन छ । अरु श्रद्धालुले स्नान गरी शुद्ध भएर मात्र बुढिनन्दाको यात्रा तय गर्नु पर्ने हुन्छ । हामीले पनि छोरा विजय राज , कान्छोसालो डम्मप्रसाद र भतिज जनक राजको एक साथ ब्रतबन्ध गर्न चरीदहमा नृत्यकर्म गरायौं । त्यसपछि हामी बेलुकीको बास धौलीभ्राणमा हुने गरी दिउसो तिन बजे चरीदहबाट प्रस्थानगरेऔं ।

शंख घण्ट फुक्दै हामी साँझ धौली भरणमा पुुग्यौं । अद्भुत दैबी शक्ती रहको धनभ्राण (ओडार)मा पुुग्न अलि सकस भयो । करिव १५ हजार फिट माथि अवस्थित उक्त ओडारमा सयौं मानिस अटायौं । सबैले सबैलाई प्रसाद बाँड्ने चलन रहेछ । सोही रित अनुसार हामीले पनि प्रसाद बाँड्यो यसको फार्ईदा कसैको प्रशाद सकिएको भएपनि साथसंघीको सहायतामा प्राप्त फल्लारले भोक तिर्खा मेट्न सजिलो महशुस भयो । त्यो राति मतवाला जतिको ब्रतबन्ध गरिदो रहेछ हामीले पनि एकसुरमा सबैको ब्रतबन्ध गरिदियौं ।

धौली भराणको एक वास पछि भाद्र शुक्ल चतुदर्शीका बिहान बुढिनन्दा माताको दशन गर्न हिम पहिरो र चट्टान छिचोल्दै हामी १६ हजार फिट माथि बुढिनन्दा देबिको शरणमा पुुग्यौं । जहाँ रुखविरुवा बुट्यान केही छैनन् छत केबल हिमालका जर्जन चुचुरा हिउँ र हत्केले बाटो । जहाँ पाण पुजारा अघि अघि पछि पछि भक्तजनहरु हुन्छन् । बुढीनन्दा माताको जयजयकार गर्दै हामी अलौकिक सँसार बुढिनन्दाको देब दह तालमा प्रबेश गर्‍यौं । जहां राक्षषी दह , देबदह बुढिनन्दा ताल लगायतका चार वटा ताल छन् । बुढिनन्दा तालमाको परिक्रमा गर्न ३५ देखि ४५ मनेट लाग्छ् । तालको परिक्रमा गर्दा पापहरण हुुने धार्मिक विस्वास रहेकोछ ।

बुढिनन्दा भगवती कसरी प्रकट भइन् ।
जनप्रकाश माविका कोल्टीका प्राचार्य तथा खोजकर्ता अनोजराज गिरी स्थानीय जानकारलाई उध्रित गर्दै आफ्नो स्नातकत्तोरको शोधपत्रमा उल्लेख गर्छन् । कुनै समयमा भगवती कोल्टीको चौकिलेकमा पहिलो वास हुन्थ्यो । चौकी लेकमा देबीको बास हुंदेै गर्दा पछिल्लो समयमा मान्छे गएर फोहोर गर्ने , गाइ बस्तु छाडा छोड्ने । कुखुराको डाकोसुनेर भगवती त्यहाँवाट विलय भएकी किंबदन्ती उल्लेख गर्नु भएको छ । स्थानीय बासिन्दा एबं शिक्षक डम्मर रोकायाका अनुसार । भुलेनावाट कुखुराको डाको सुनेर लंकारी दहमा नुहाएर मृगको रुपमा भागिन् । नुरीवासी दाने र पल्लाने मृग देखे पछि सिकार गर्न र्मगका पछि पछि लागे । बेलुुका सम्म मृग नभेटाएपछि छाप्रे पाटनमा वास वसे । भोलि पल्ट विहान मृग नभेटेपछि घर पर्किन थाल्दा नजिकै मृग फेरी भेटेको किंवदन्ती छ । छाप्रे पाटन बाट भागेको कस्तरी लौरी विनाय लौरीविनायक पुुगेर बिश्राम लिएको बताउँछन् । त्यसपछि सातपाखे नौ फेरे हुँदे बरमाग्ने डांडा, गाइ गोठ हुंदै चरि दह पगेको । चरिदहमा स्नान गरी धौलीवगर हुंदै वीच वीचमा ढुंगा गडेको अहिले पनि देखिन्छ । जोकी मान्छे न हरावस भन्ने मान्यता छ ।

बाह्रैमाश हिमालमा अवस्थित नवदुुर्गाका रुपमा बसेकी बुढीनन्दा माताले यो हिमालमा म एक्ली कसरी बसैंला दाज्यु भन्छिन् । बुुढीनन्दा तालमा स्नान ध्यान पछि । तालको पश्चिम तिर फटकशीलामा सजाईकी बुढिनन्दा माताको मूर्तीमा दर्शन गरिन्छ । बुढिनन्दा माताको दर्शन गरी फर्कने बेला यो हिमालमा मलाई एक्लै नछोड्नु म कसरी एक्ली बसुला भन्ने माँगल सुनाउदै आफ्नो गच्छे अनुसारको फुलफल्लार पूmलफल्लार संख घण्ट चढाएर हामी परम्धाम बुुढीनन्दा स्वर्गतुल्य भुमी बुढिनन्दाबाट हामी सकुसल फर्कियौं ।


हियाइन संकर दाज्यु क्याको खाना खाउँला ।
मुलुुकका फुलपाती नैबेध त्याई प पुर्‍याउला ।।

हियाईन शंकर दाज्यु एक्ली कसी रौंला ।
मुलुकका तेल घिय त्याई प पुर्‍याउला
बस बैना नवदुुर्गा हियाइन शंकर ।।
हियाईन शंकर दाज्यु रुखी कसरी रौंला ।
मुलुकका आल भेटी त्याई प पुुर्‍याउला ।।
मुलुकका तेल घिय त्याई प पुुर्‍याउला ।
बस बैना नवदुुर्गा हियाइन शंकर । ओ हियाइन शंकर ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!