युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
272 पटक पढिएको

धनगढी–डडेल्धुराका दिनेश खडायत शनिबार बिहान धनगढीको बोराडाँडीमा रहेको त्रिभुवन मावि बाहिर थिए । जीपको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित परीक्षा दिन धनगढी पुगेका थिए । बिहान साढे ७ बजे विद्यालय पुगेका उनले १० बजेसम्म परीक्षा दिएका थिएनन ्।
तीन घण्टासम्म पनि परीक्षा दिन नपाएपछि खडायत डडेल्धुरामा स्थापना गरिएको यातायात सेवा कार्यालय र ट्रायल सेन्टर सम्झन्छन्। उनले भने, ‘डडेल्धुरामा ट्रायल सेन्टर निर्माण भएको छ। तर प्रयोग भएको छैन। डडेल्धुरामा परीक्षा दिन पाएको भए यस्तो दु:ख पाउने थिएन्। पैसा पनि खर्च भयो, दु:ख पनि ।’

यातायात व्यवस्था कार्यालय धनगढीले शनिबार तीन हजार ५ सय ५० मोटरसाइकल, नाँै सय ३८ जीप तथा कार र एक सय अटोरिक्साको सवारी चालक अनुमति पत्रको लिखित परीक्षा लिएको छ। परीक्षा केन्द्रमा मात्रै होइन धनगढी–अत्तरिया ६ लेन सडक नै जाम हुने भिड थियो।

डोटीको जोरायल गाउँपालिका वडा नम्बर ६ का निराजन साउँदले भिडभाडले हैरान भएको बताए। उनले डोटीबाट धनगढी आउन सडकका कारण बाटोमा समस्या भएको र धनगढीमा भिडका कारण परीक्षा दिन झनै सास्ती भएको बताए। उनले भने, ‘डोटीबाट परिक्षा दिन अरु पनि आएका छन्। दीपायलमा यातायात सेवा कार्यालय र ट्रायल सेन्टर छ। तर कार्यालय सुनसान छ। ट्रायल सेन्टर पनि प्रयोगमा आएको छैन। धनगढीको कार्यालयले काम गर्न सक्ने अवस्था छैन।’

सुदूरपश्चिम प्रदेशमा सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परिक्षा दिन जहिलै सास्ती हुँदै आएको हो। सेवाग्राहीको संख्या धेरै भएकाले समस्या हुँदै आएको यातायात कार्यालयको तर्क छ। तर पहाडी दुई जिल्लामा रहेका सेवा कार्यालयहरु भने कामविहीन छन्।

सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका सेवा कार्यालयमा ट्रायल सेन्टरसमेत रहेकोमा प्रयोग हुन नसकेको हो। भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता प्रेमदत्त भट्टले डोटीको ट्रायल सेन्टर सञ्चालन गर्ने बताए।

उनले भने, ‘डोटी र डडेल्धुरामा ट्रायल सेन्टर निर्माण भएका छन्। डोटीको सञ्चालन गर्ने भनिएको छ। अहिले सञ्चालनमा छैन। अब सञ्चालन गर्छौ।’ धनगढी र महेन्द्रनगरका यातायात कार्यालयहरुमा सेवाग्राहीको संख्या धेरै हुने भएकाले सेवाग्राहीहरुले सास्ती भोग्नु परेको छ। त्यसैमा महिनौँपछि लाइसेन्सको परीक्षा हुँदा झन बढी सास्ती छ ।

दिनेश खबरबाट साभार

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!