बाजुरा–जिल्लामा पछिल्लो समयमा दिन प्रतिदिन ज्वरोका विरामीहरु बढ्ढै गएका छन । मौसम परिवर्तन भएसँगै ज्वरोका विरामी बढ्ढै गएका हुन् । कोरोना भाइरस संक्रमणको जोखिम सामान्य बन्दै गएता पनि ज्वरोका बिरामी भने गाँउघर तिर थुपै भेटिने थालेका छन ् ।
अहिले ज्वरो र रुघाखोकीका विरामी जिल्ला अस्पताल बाजुरामा उपचार गराउन आउनेको संख्यामा कमि आएतापनि यता ग्रामिण क्षेत्रमा भने ज्वरोका बिरामीहरु धेरैै भेटिने गरेको पाइएको छ ।
यता जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी निर्पराज गिरीका अनुसार गाँउघरमा ज्वरोका बिरामी धेरै भएपनी जिल्ला अस्पताल बाजुरामा भने ज्वरोका बिरामी कमै आउने गरेको बताएका छन् ।
स्वास्थ्य संस्थामा दैनिक परीक्षणका लागि आउनेको संख्या कम रहेको र पछिल्लो अवस्थामा समान्य ज्वरो,रुघाखोकीका बिरामीहरू रहेको उनले बताए । पछिल्लो अवस्थामा १८ बर्ष माथीका व्यक्तीहरुमा ज्वरोको संक्रमण भेटिन थालेको छ । दैनिक उपचारका लागि स्वास्थ्य संस्थामा आउने बिरामीमा ज्वरो आउने, टाउको दुख्नेजस्ता लक्षण देखिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी गिरीले दिएको जानकारी अनुसार अस्पतालमा आउने बिरामीमध्ये युवा तथा वृद्धावृद्धालाई सामान्य लक्षण देखा पर्ने गरेको जानकारी प्राप्त भएको छ । पछिल्लो समयमा प्रत्येक दिन आउने गरेका बिरामीहरु कुनै जटिल समस्याका बिरामी नआएको र सामान्य प्रकारका ज्वरोका बिरामी आउने गरेको सुचना अधिकारी गिरीले बताए ।