राम बहादुर दानी/धनगढी– नेपालको संविधान जारी भएको आज असोज ३ गते आजकै दिन नेपालमा नेपाली जनताले ठुलो त्याग तपश्या र वलिदानले ल्याएको दिनको स्मरण गर्दै देशका बिभिन्न ठाँउहरुमा भब्य रुपमा दिप प्रज्वलन गरी संविधान दिवश मनाइएको खबर प्राप्त भएको छ । यसै क्रममा सदुरपश्चिम प्रदेशको धनगढीका बिभिन्न स्थानहरुमा पनि संविधान दिवस दिप प्रज्वलन गरेर मनाइएको छ ।
राष्ट्रिय युवा परिषद शुदुरपश्चिम प्रदेश संजालको आयोजनामा धनगढीको पार्क मोडमा पनि दिप प्रज्वलन गरेर भब्य रुपमा संविधान दिवस मनाइएको हो । राष्ट्रिय युवा परिषद शुदुरपश्चिम प्रदेश संजालका अध्यक्ष कृष्ण खड्काको संयोजकत्वमा दिप प्रज्वलन गरी संविधान दिवस मनाइएकाे छ ।
संजालका अध्यक्ष खड्काले दीप प्रज्वलन गर्दै नेपालमा नेपाली जनताको ठुलो संघर्ष गरेर आएको संविधान कुल्चने कोही कसैलाई पनि युवाहरुले तह लगाउने कुरा बताउनु भयो । दीप प्रज्वलन कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले पटकपटक संसद बिगठन गरी संबिधानको बलत्कार गर्न खोज्ने अराजकता, तानाशाही, शोषक र सामन्तीहरुलाई जनताद्वारा जनताले नै लेखिएको संविधानमा खेलबाड गरेर च्यात्न खोज्ने कोही कसै तत्वहरुलाई सडकबाटै युवाहरुले तह लगाउन सक्ने सामर्थ वुवाहरुमा रहेकोले संविधान कुल्चने खेल नखेल्न युवाहरुले चेतावनी दिएका छन । दिप प्रज्वलन गरी आज पार्कमोडमा मनाइएको संविधान दिबसमा संजालका ५० बढी युवाहहरुको सहभागीता रहेको थियो ।
नेपालको नक्सामा नेपालको संविधान २०७२ लेखिएको थियो भने नेपालको नक्साको चारैतिर मैनबत्ती बालेर नेपालको संविधानको रक्षार्थ नेपाली जनताहरुले एक भएर लाग्नु पर्ने युवाहरुको आवाज रहेको थियो ।
साँझ ६ बजे तिर धनगढीका बिभिन्न चोक तथा गल्ली हरुमा युवाहरुले दिप प्रज्वलन गरी संविधान दिवस मनाएका हुन । पार्कमोडमा भएको दिप प्रज्वलन कार्यक्रममा राष्ट्रिय युवा परिषद शुदुरपश्चिम प्रदेश संजालका अध्यक्ष कृष्ण खड्काले दिप प्रज्वलन गरी मनाइएको संविधान दिवशको संयोजकत्व गर्नु भएको थियो भने कार्यक्रममा राष्ट्रिय युवा परिषद शुदुरपश्चिम प्रदेश स्तरिय संजालका सदस्य रविन गीरी तथा शुदुरपश्चिमका ९ वटै जिल्लाका संजालसंग आवद्व युवाहरुको सहभागीता रहेको थियो ।
त्यस्तै शुदुरपश्चिमका कैलाली, कञ्चनपुर लगायतका सबै जिल्लाहरुमा पनि राष्ट्रिय युवा परिषद शुदुरपश्चिम प्रदेश संजालले साँझ दिप प्रज्वलन गरी संविधान दिवस मनाएको अध्यक्ष खड्काले लोकतन्त्र विहानी न्युजलाई जानकारी दिए ।