युनिकोड    राशिफल    एफएम रेडियाे                        
120 पटक पढिएको

मिन बहादुर खड्का बाजुरा–जिल्लाको खप्तड छेडेदह गाँउपालिकामा रहेको छेडेदह स्पोर्टस क्लबको आयोजनामा सर्वाधिक धनराशीको तेस्रो छेडेदह कप फुटबल प्रतियोगिता २०७८ कात्र्तिक १ गतेबाट हुने भएको छ । खेल पर्वको रुपमा हरेक वर्षको दशै तिहारको अवसरमा बिशेष आयोजना हुने प्रतियोगिता यो वर्ष पनि कात्र्तिक १ देखि सुरु हुने आयोजकले जनायको छ ।

स्थानीय जनप्रतिनिधी, विद्यालय प्रशासन, विव्यस, स्थानीय सुर्खा बजारका व्यापारी सहीतको उपस्थितिमा बैठक बसेर प्रतियोगिता सञ्चालन बारे खेल सञ्चालनको औपचारिक जानकारी र मिति सामाजिक सञ्जाल मार्फत जानकारी गराईएको हो ।

क्लबका अध्यक्ष लोकेन्द्र खड्काका अनुसार आयोजना बाजुराकै सुन्दरनगरीको रुपमा परिचित आटीचौर स्थित दरशथ माविको खेल मैदानमा कात्र्तिक १ देखि ६ गतेसम्म सञ्चालन गर्ने गरि तयारी भईरहेको र क्लबले आधिकारी रुपमै हरेक वर्ष दशैको टिका थालेको २ दिनपछि खेल सुरु गर्ने तालिका नै बनाएको बताएका छन ।

सुन्दरनगरी आटीचौरलाई खेल नगरीको रुपमा विकास गर्न र समग्र खेल क्षेत्रको विकास प्रवद्र्धनमा सघाउ पुर्याउने खेल पर्वका रुपमा विकास गर्ने लक्ष्य सहीत प्रतियोगिता आयोजना गरिएको क्लबका सचिव लक्ष्मण ओलीले बताए् । खेल क्षेत्रको विकास र खेल प्रति युवा आकर्षण बढाउन क्लबले रहेक वर्ष प्रतियोगिता सञ्चालन गर्दै आएको छ । राष्ट्रिय खेलकुद परिषद्कै सदस्यको सहभागितामा खेल संचालन हुने छ । खेलमा ५ सय बढी खेलाडी र हजारौको संख्यामा दर्शकहरुले खेलको अवलोकन गर्ने छन् । विजया दशमीको दुई दिनपछि आटीचौर स्थित दरशथ माविको खेल मैदानमा खेल संचालन हुनेछ उनले भने ।

जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने मध्ये पनि जिल्लाको पहिलो क्लब छेडेदह स्पोट्र्स क्लबले आटीचौरलाई पर्यटकीय र खेल नगरीको रुपमा विकास गर्न क्लबले हरेक वर्ष अनिवार्य खेलकुदका गतिविधी सञ्चालन गर्ने उदेश्य सहीत प्रतियोगिता सञ्चालन गर्ने गरेको वडा अध्यक्ष खगेन्द्र रावतले बताएका छन् । हामीले छेडेदह कप फुटबल प्रतियोगितालाई संस्कारको रुपमा विकास गर्ने र सिंगो जिल्लाको पहिचानको विषय बनाउन खोजेको अध्यक्ष रावतले बताए । खेलकुदले सानो उपत्यका सहीतको सुन्दर नगरी आटीचौरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न र छेडेदह ताल, बढालेक क्षेत्र, डाँडासैन, बथानलेख र कुडीकोट दरबारको प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास स्थानीयले गरेका अध्यक्ष रावतको भनाई रहेको छ ।

क्लबले आटीचौरलाई पर्यटकीय र खेल नगरीको रुपमा विकास गर्न हरेक वर्ष अनिवार्य खेलकुदका गतिविधी सञ्चालन गर्दै छेडेदह ताल, बढालेक क्षेत्र, डाँडासैन, बथानलेख र कुडीकोट दरबारको प्रवद्र्धन गर्न पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न टेवा पुग्ने उदेश्य सहीत प्रतियोगिता सञ्चालन गर्ने गरेता पनि यसमा स्थानिय सरकारले कुनै पनि चासो नदेखाएको पाइएको छ । खेल क्षत्रको बिकासका लागि क्लबले गरेको निरन्तरको प्रयासमा स्थानिय सरकारको वेवास्था गर्नुको वास्तविक कारण भने खुल्न  सकेको छैन ।

प्रतियोगितामा यस्तो छ हेर्नुहास पुरुस्कार

खेलमा अघिल्लो वर्ष

१: प्रथम पुरस्कार १ लाख ५५ हजार, ५ सय ५५ रुपैया नगद सहीत प्रमाण पत्र र मेडल
२:उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैया सहीत प्रमाण पत्र र मेडल ।

यो बर्षका लागि

१ प्रथम पुरस्कार २ लाख २२ हजार, २ सय २२ रुपैया नगद सहीत प्रमाण पत्र र मेडल ।
२:उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैया सहीत प्रमाण पत्र र मेडल प्राप्त गर्ने छन् ।
३: खेलमा वेष्ट पिलियर, राइजिङ पिलियर, वेष्ट किपर, वेष्ट डिफेन्डर र सर्वाधिक गोल कर्तालाई पनि पुरस्कार सहीत मेडल र प्रमाण दिईने ।

यो पनि पढ्नुहोस

१:खेल कात्र्तिक १ देखि ६ गतेसम्म संचालन हुने छ ।
२:टिम दर्ता भने असोेज ३१ गते साँझ ५ बजेभित्र गरिसक्नु पर्ने क्लबले जानकारी दिएको छ ।
३:असोज ३१ गते टिम दर्ता गराएरकात्र्तिक १ गते विहान ९ बजेभित्र टिम दशरथ मावि खेल मैदान आटीचौरमा उपस्थित भइसक्नु पर्नेछ
४:एक टिममा १।१ जना कोच मेनेजर सहीत १८ जना मात्र खेलाडी सहभागि गराउन पाउने
५:फोटो सहीतको फारम अनिवार्य भरेर टिममा सहभागि खेलाडीको नागरिकता वा परिचय खुल्ने परिचय पत्र अनिवार्य राख्नु पर्ने ।
६:कोरोनाका कारण स्वास्थ्य सुरक्षा मापदण्डलाई अनिवार्य पालना गर्नुपर्ने ।
७:टिम दर्ता शुल्क १० हजार र धरौटी शुल्क ३ हजार लाग्ने ।
८:खेल एन्फाकै रेफ्रीद्धारा खेलाइने छ ।
९:देशका जुनसुकै क्षेत्र र जिल्लाबाट पनि भाग लिन पाउने छन ।
१०:खेलमा ३० टिमको सहभागिता हुने

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!