
राम बहादुर दानी/धनगढी–एमसिसि खारेजीको माग गर्दै नारा जुलुस सहित अनेरास्ववियु लगायतका बिद्यार्थीहरुले धनगढीमा प्रदर्शन गरेका छन ।
मंगलवार अनेरास्ववियु लगायतका बिद्यार्थी संगठनहरुले हरुल एमसिसिको बिरोध गर्दै एमसिसि खारेजीको माग सहित प्रदशन गरेका हुन ।
प्रदशनमा एमसिसि खारेज गर, ब्याक अप अमेरिका एमसिसि चाँहिदैन राष्ट्रघाती सम्झौता खारेज गर लगायतका नारा सहित बिरोध जनाउदै बिद्यार्थी सँगठनहरुले धनगढीको चौराहा देखि क्याम्पस चोक सम्म मोटरसाईकल र्याली निकालेका थिए ।
एमसिसि राष्ट्रघाती सम्झौता रहेकोले यो राष्टको हितमा नभएकोले राष्टको हित बिपरित काम गर्ने जोकोहिका बिरुद्ध आवाज उठाउनु आफ्नो दायित्व रहेको हुदा बिरोध प्रदशन गरेको बिदार्थीहरुले जनायका छन । साथै कुनैपनि हालतमा एमसिसि पारित गर्न नदिने र एमसिसि खारेज नगरेमा आफुहरु थप आन्दोलनका प्रक्रियामा जाने बिद्यार्थीहरुको भनाई रहेको छ ।