
चिरञ्जिवी खड्का/बाजुरा–जिल्लाको बडीमालिका नगरपालिका वडा न . २ मा अवस्थित सत्यवादी माध्यमिक बिद्यालयमा बाल कक्षा देखि कक्षा ३ सम्मका बालबालिकाहरुलाई युनिसेफ नेपाल द्वारा शैक्षिक सामाग्री बितरण गरिएको छ ।
मंगलवार युनिसेफ नेपाल बाजुरामा कार्यरत कर्मचारी गणेश थापाले बिद्यालयमै पुगेर टोल शिक्षा र बैकल्पिक शिक्षा सिकाई सहजिकरण गर्नका लागि झोला संगै खेलकुद सामाग्री सो्रत अभ्यास पुस्तिका लगायतका शैक्षिक सामाग्री बितरण गरिएको बिद्यालयका प्रधानाध्यापक मान बहादुर हमालले लोकतन्त्र बिहानी न्यूजलाई जानकारी दिए ।
बिद्यालयमा पाठ्यपुस्तक भएतापनि कोभिड १९ जोखिमका कारण बिद्यालय नखुलेकोले बिद्यार्थीको सिकाइमा बाधा पुगेको हुदा अभिभावकहरुले आफ्नो बालबालिकालाई निगरानिमा राखेर पढाई प्रति जिम्मेवार बनाउन सकरात्मक भुमिका निर्वाह गराउन, अभिभावकहरुको खर्चमा कमि ल्याउन, घरमै बसेर पनि सकिाई निरन्तरता दिन सहयोग पुगोस भन्ने उदेश्यले शैक्षिक सामाग्री बितरण गरएिको युनिसेफ नेपाल बाजुरामा कार्यरत कर्मचारी गणेश थापाले बताए ।
बिद्यालयका प्रधानाध्यापक मान बहादुर हमालले उक्त शैक्षिक सामाग्री बुझ्द सहयो गर्ने सहयोगि दातालाई धन्यवाद दिदैै युनिसेफ नेपालले सहयोग गरेको शैइिक सामाग्रीले बिद्यार्थीको सकाइमा थप सहयाग पुग्ने बिश्वास व्यक्त गनुभएको छ ।