
बाजुरा–जिल्लाको बुढिगंगा नगरपालिका वडा न. ८ मा घर परिवार सहित एमाले प्रवेश गरे भनी अपवाह हल्ला फैलाएर गरिएको प्रचार प्रति स्वयं व्यक्तिले आपत्ति जनाएका छन् ।
बुढीगंगा नगरपालिका वार्ड न.८ निवासी राकेश रावलको परिवार एमाले प्रबेश गरे भनी सामाजिक सन्जालमा प्रचार गरिएको थियो तर त्यो झुठो रहेको राकेश रावले बताएका छन । आफुलाई मासु चिउरा खान बोलाएको र सामुहिक तस्बिर खिचेको तर पछि एमाले प्रबेश गरेको भनी प्रचार गरेको प्रति आफ्नो आपत्ति रहेको भन्दै बिज्ञप्ति मार्फत आफू र आफ्नो परिवारको बेईजत नगर्न रावलले आग्रह गरेका छन् । आ उप्रान्त यस्ता अराजनीतिक कार्य गरेमा चुप लागेर नबस्ने बताउदै आफू सदैब कांग्रेस रहेको रावलले बताएका छन ।
पुर्व नेवि संघ जिल्ला कार्य समिति सदस्य नर बहादुर रावलले आफ्नो परिवार माथी गरिएको राजनैतिक बेईमानिको हिसाब समयमै फर्काउने बताए ।