
राम बहादुर दानी:– शुदुरपश्चिम प्रदेश बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ९ मलालगाउँमा विवाह हेर्न आएकी एक बालिका माथि पेट्रोल हालेर आगो लगाइएको छ ।
सोही नगरपालिका–८ पन्ताली घर भएकी १४ वर्षीया बालिका सभ्यता बुढाको शरिरमा पेट्रोल हालेर आगो लगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आगोमा लगेर बालिका सक्त घाइते भएकी छन् ।
बालिकालाई पेट्रोल हालेर आगो लगाउने उक्त नगरपालिका–८ कालापानीका सुमन गिरी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक मदनजीत महराले मालिका टुडेलाई जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार बालिकालाई पेट्रोल हालेर जलाउन खोज्ने गिरी फरार रहेको बताए । फरार रहेका गिरीको खोजी कार्य भइरहेको प्रहरी प्रमुख महराको भनाई रहेको छ ।
घाइते बालिकालाई सदरमुकाम मार्तडी ल्याइएको र बालिकाको अवस्था सामान्य रहेको प्रहरी नायव उपरिक्षक महराले जानकारी दिएका छन ।
गाँउका छिमेकीको विहे हेर्न गएका समयमा अर्कै युवतीलाई पेट्रोल हालेर जलाउन योजना बनाएका अभियुक्तले निज बालिकालाई घटनामा परेको प्रहरी प्रमुख महराले बताए ।
पेट्रोल हालेर आगोमा लगाउन खोज्ने गिरीलाई मुलुकी अपराध संहिता १९२ को ‘क’ अनुसार मुद्धा चलाउने प्रहरीले प्रमुख महराले लोकतन्त्र बिहानी न्युजलाई बताए ।
बालिका माथि पेट्रोल प्रहार गरेर जिउदै आगो लगाउने अपराधिक कार्यमा संलग्न रहेका गिरीलाई पक्राउ गरी कानुनी कारबाही गर्ने महराले बताएका हुन ।