युनिकोड    राशिफल    एफएम रेडियाे                        
436 पटक पढिएको

बाजुरा – नेपाली काँग्रेसको १४ औं महाधिवेशन तथा ७ औं जिल्ला अधिवेशनका लागि बाजुराका ६९ वडाको अधिवेशन आजबाट सुरु हुने भएको छ ।
१४ औं महाधिवेशन तथा ७ औं जिल्ला अधिवेशनका लागि एकैसाथ वडा अधिवेशन गर्न लागेको नेपाली काँग्रेस बाजुराका सभापति कविराज पण्डितले लोकतन्त्र बिहानी न्यूजलाई जाकारी दिए ।

सभापति पण्डितका अनुसार असोज २ गते बसेको नेपाली काँग्रेस बाजुराको बैठकले असोज ६ गते गर्ने निर्णय गरेको बताए ।
नेपाली काँग्रेस बाजुराका सचिव दीपक विक्रम शाहले भौगोलिक विकटाता र क्रियाशिल विवादका कारण केन्द्रीय सर्कुलर अनुसार असोज ५ गते सम्भव नभएपछि जिल्ला निर्वाचन समितिको प्रस्तावमा पार्टीले असोज ६ गते बुधबार गर्ने निर्णय गरेको बताएका छन ।

वडा अधिवेशनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे गृह वडामा समेत सहभागी भएको सचिव शाहले बताए ।
वडाबाट नै क्षेत्रिय प्रतिनिधी आउनु पर्ने भएकाले जिल्लाका शिर्ष नेताहरु आ–आफ्नो वडाका गएका खबर प्राप्त भएको छ ।
पार्टीको १४ औं महाधिवेशनका लागि वडामा हुने अधिवेशनमा केन्द्रीय सदस्य बद्री पाण्डे हिमाली गाउँपालिकाको रुगिनमा पुगेका छन् । यस्तै पार्टी सभापति कविराज पण्डित,पुर्व भुमिसुधार सहायक मन्त्री जनकराज गिरी,संविधान सभाका सदस्यद्धय देवराज जोशी र महा नेपाली, महासमिति सदस्य पदमबहादुर शाही,जुना दानी,वरिष्ठ नेता रामसिंह रावल र महाधिवेशन प्रतिनिधी चक्रबहादुर शाह लगायतका नेताहरु वडाको अधिवेशनमा सहभागी भएको नेपाली काँग्रेस प्रचार प्रसार उप–समिति संयोजक रनसिंह अयडीले जानकारी दिएका छन ।
आज हुने वडा अधिवेशनमा सहमती सहकार्य र एकताको अधिवेशन बनाउने गरी एकै साथ काँग्रेसले वडा अधिवेशन गरेको प्रचार प्रसार उप–समिति संयोजक अयडीको भनाई रहेको छ ।
पार्टीको ७ औ जिल्ला अधिवेशनका लागि वडाको असोज ६ गते,गाउँ / नगरपालिका अधिवेशन असोज ९ गते,प्रदेश निर्वाचन क्षेत्र अधिवेशन असोज १२ गते र जिल्ला अधिवेशन असोज १६ गते गर्ने तयारी भएको जिल्ला निर्वाचन समितिका निर्वाचन अधिकृत सन्तोष भण्डारीले बताए । निर्वाचन समितिको प्रस्तावमा नेपाली काँग्रेस बाजुराले निर्णयलाई सदर गर्दै तोकिएको समयमा अधिवेशन हुने उनले बताए ।
वडा,गाउँ/नगरपालिका र प्रदेश निर्वाचन क्षेत्र अधिवेशनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई प्रशिक्षण गरी अधिवेशनमा खटाइएको निर्वाचन अधिकृत भण्डारीको भनाई रहेको छ ।
जिल्लाका ६९ वडामा,गाउँ/नगर र प्रदेश निर्वाचन क्षेत्रमा एक सय ६२ मतदान र सहायक मतदान अधिकृत खटाइएको छ ।
पार्टीको ७ औं जिल्ला अधिवेशनको तयारी तिव्र रुपमा भइरहेको छ । अधिवेशनका लागि आवास व्यवस्थापन,मञ्च व्यवस्थापन,स्वयम सेवक परिचालन लगायतका उप–समिति बनाएर तयारी भइरहेको नेपाली काँग्रेस बाजुराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!