
काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा परराष्ट्र मन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गरेकी छिन् । २०७४ को आम निर्वाचनमा उदयपुर क्षेत्र नं. १ बाट निर्वाचित डा. खड्का देउवा नेतृत्वको सरकार गठन भएको ७२ दिनपछि मन्त्री नियुक्त भएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयलले दिएको जानकारी अनुसार नवनियुक्त मन्त्री खड्काको शपथग्रहण शीतल निवासमा दिउँसो १ बजे हुने पनि बताइएको छ ।
दिनेश खबरबाट साभार