बाजुरा–जिल्लाको खप्तड छेडेदहका गाउँपालिका वडा नं. ६ मा नेपाली काँग्रेस १४ औँ महाधिवेशन र सातौँ जिल्ला अधिवेशनका लागी प्रथम वडा अधिवेशन भइ रहेका वेला नेकपा वडा कमिटि सदस्य सहित पाँच घर परिवार काँग्रेस प्रवेश भएका छन ।
साेहि गाँउपालिकाकाे वडा न. ६ सुदाडा घर भएका नेकपा वडा कमिटि सदस्य कलक नेपाली लगायत पाँच परिवार एकै साथ नेपाली काँग्रेस प्रवेश गरेका हुन ।
नेपाली काँग्रेस वडा कार्य समितिले दिएको जानकारी अनुसार नेपाली काँग्रेस प्रवेश गरेका कलक नेपाली यस अघिका नेकपा वडा कमिटि सदस्य हुन भने अरु प्रवेशीहरु पनि नेकपा कमिटिकै रहेको बताइएकाे छ ।
यसरी नेपाली काँग्रेसको वडा अधिवेशन चलि रहँदा काँग्रेस प्रवेश गर्नेको क्रम जारी रहेको पनि वडा समितिले जनाएको छ । नव प्रवेशीहरुले विश्वासका साथ अन्य पार्टी भन्दा नेपाली काँग्रेस नै राम्रो पार्टी सम्झेर प्रवेश गर्ने गरेको बताउदै आएका छन । यो भन्दा अघि जे भए पनि आगामी दिनमा काँग्रेस भएर अघि बढ्ने नव प्रवेशीहरूकाे भनाई रहेको छ । आज नै नव प्रवेशीहरुलाई नेपाली काँग्रेस वडा समिति लगायत अन्य नेपाली काँग्रेसका नेता द्धारा सम्मान तथा बधाई समेत दिएको जानकारी प्राप्त भएको छ ।