काठमाडौं–काठमाडौँमा जागिर लगाइदिन्छु भन्दै बलात्कार गर्ने एक युवकलाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ३८ वर्षीय सागर तामाङ ‘च्याङ्गवा’ पक्राउ परेका हुन ्। जिल्ला अदालत काठमाडौँले २०७१ साल वैशाख १ गते तामाङलाई जबरजस्ती करणी मुद्दामा ९ वर्ष कैद तथा पीडितलाई १० लाख क्षतिपूर्ति तिराउने फैसला गरेको थियो। तर, उनी त्यसयता फरार रहेका थिए ।
तामाङले २०६८ सालमा काठमाडौँमा काम लगाइदिन्छु भन्दै १५ वर्षीया किशोरीलाई दोलालघाटबाट काठमाडौँ ल्याएका थिए । काठमाडौँमा उनले कोटेश्वरस्थित शुभलक्ष्मी गेस्ट हाउसमा लगेर डर त्रास देखाएर जबरजस्ती करणी गरेका थिए। फरार रहेका तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
दिनेश खबरबाट साभार