
बाजुरा–जिल्लाकाे बुढिंगगा नगरपालिका वडा न. ३ का एक गाँस खान र एक सरो लगाउनका लागि अरुको घरमा काम नगरि चुल्हो समेत नबल्ने दाने नेपालीलाई सामाजिक अभियान्ता रिता शाहीको पहलमा आर्थिक सहयोग गरिएको छ । आर्थिक अवस्था निकै कमजोर भएका नेपालीका ४ जना छोराछोरीहरुलाई दशैंमा कसरी भात खुवाउने भन्ने पिरलोमा रहेका नेपालीलाई शाहीको पहलमा आर्थिक सहयोग गरिएको हो ।
दशैं तिहार नजिकै गर्दा छोरा, छोरीलाई के खुवाउने, दशैं कसरी मनाउने भन्ने पीरमा रहेका दानेको घरले समेत घामपानी छेक्न सकिरहेको छैन । त्यस्तो अवस्थामा रहेका अति विपन्न नेपालीको बारेमा सामाजिक अभियान्ता रिता शाहीसँग स्थाीयले जानकारी गराएसँगै शाहीले सहयोगलाई सामाजिक सञ्जाल फेसबुक मार्फत सहयोग गरिदिन अपील गरेकी थिइन ्। शाहीको फेसबुक पोष्ट देखेर अष्टेलिया बस्ने समाजसेवी प्रसाद सेढाई र अमेरिका बस्ने गेल्बु गोपर्म शेर्पाले गरेको सहयोग शाहीले आज नेपालीलाई घरमै गएर सहयोग गरेकी छन् ।
दशैको लागि एक जोडी कपडा उनको श्रीमतीलाई एउटा धोति र दशै तिहारमा चामल दाल नुन तेल किन्नको लागि पाँच हजार गद समेत सहयोग गरेकी शाहीले बताएकी छन् ।
शाहीले केपि सेढाईको पहलमा सहयोग गर्नु हुने अमेरिका बस्नु हुने दाइ दिपक बिस्वास र के पि सेढाईलाई धन्यवाद ज्ञापन गरेकी छन् ।
नेशन पार्टीबाट साभार