मिन बहादुर खड्का/बाजुरा–आसन्न नेपाली कांग्रेसको १४ औँ माहाधिवेशन र ७ औँ जिल्ला अधिवेशनको पुर्व संद्ययामा नेपाली कांग्रेस आस्थावान नेता तथा कार्यकर्ताहरुमा उत्साहा बढ्नुका साथै नेता कार्यकर्ताहरु यतिबेला अधिवेशनको तयारिमा दौडधुप गरिरहेका छन । नेता तथा कार्यकर्ताहरु बिच भेटघाट तथा छलफल निरन्तर भइरहेको देखिन्छ । यतिवेला नेताहरुले ठाँउ–ठाँउमा उम्मेदवारी घोषणा गर्ने क्रम पनि जारी रहेको छ ।
छ । यसै क्र्रममा बिभिन्न समयमा पार्टीको हितका लागि उम्मेदारी त्याग्दै आएका नेपाली कांग्रेसका युवा नेता गोपाल कार्कीले बडीमालिका नगरपालिकाको सभापतिमा उम्मेदवारी दिने बताएका छन ।
२०५५ साल अघि नै बिद्यार्थी उमेरबाट नै राजनिति यात्रा सुरु गरेका कार्कीले नेपाली कांग्रेसमा बिगत लामो समय देखि पार्टीमा त्याग तपस्या र योगदान दिदै आइरहेको बताएका छन । नेपाली कांग्रेसको ११ औँ माहाअधिबेशनमा साबिकको जुगाडा गा. बि .स गाँउकार्य समतिको सदस्य हुदै १२ औँ महाधिबेशन तथा ५ औँ गाँउ कार्य अधिवेशनबाट सचिव पदमा रहि कार्य गर्दै आइरहेका उनि १३ औँ माहाधिवेशन तथा ६ ठाैँ बडीमालिका नगरपालिकाबाट जिल्ला प्रतिनिधि छनोट भई नेपाली कांग्रेस नगर कार्य समितिमा सर्वसहमतिमा नगर सचिवको उम्मोदवारी त्यागेका थिए ।
पार्टी लाई बलियो बनाउन र नगरको बिकासका लागि इमान्दार, सक्षम , कमेठ र जुझारु नेतृत्व अगाडी आउनुपर्ने हुन्छ । पार्टीको हित र नगरको बिकासकै लागि मैले उम्मेदवारी त्यागेको हु ।बिभिन्न समयमा पार्टीकै हितका लागि उम्मेदारी त्याग्दै आएता पनि यतिबेला मेरो नगरको सभापतिमा रहने छ नेता कार्कीले भने ।
आफू नेतृत्व लिन योग्य र सक्षम रहेको बताउदै आफुले नगरको सभापतिमा उम्मेदवारी दिने बताएका छन । जनताको जनभावनालाई कदर गर्ने नेतृत्वको आवश्यक नगरपालिका बासिलाई परेकोले आफु नगरपालिकाको सभापति भएर नगरपालिका बासिको हितका र नगरपालिकाको बिकासका लागि अग्रभागमा रहेर काम गर्ने नेता कार्किले बताएका छन । नगरपालिकामा बलियो कौग्रेस र नगरलिकाको बिकासका लागि आफु लागिपर्ने उनले बताए । आफ्नो बडीमालिका नगरपालिकाको सभापतिमा उम्मेदवारी रहने भएकोले सवैलाई सहोग गर्न आग्रह समेत गनुभएको छ ।