राम बहादुर दानी/बाजुरा–कालिकाेट नेपाली काँग्रेस बाजुराको सातौँ जिल्ला अधिबेशनमा गाँउ अधिवेशनले युवा नेतृत्व अगाडी सारेको छ । बषौं सम्म पुरानै पुस्ताले हात पार्दै आएको नेतृत्वलाई सातौँ जिल्ला अधिबेशनले युवा पुस्तालाई हस्तान्तरण गरेको छ । यसरी युवा पिडीहरुले गाँउ देखि जिल्ला हुँदै केन्द्र सम्मको राजनितिमा नेतृत्व लिदै जाँने हो भने नेपाली काँग्रेसमा थप उर्जा र हौसलाका साथै सुदृढ हुने सम्भावना रहेको छ ।
नेपाली काँगेस बडीमालिका नगरपालिका वडा नं. १ मा ४ जनाले कडा रुपमा सभापतिको पदका लागि घम्सघम्सी गरेको भएता पनि हाती आयो हाती आयो फुस्सको कहानी जस्तै भएको छ । वडा नं. १ मा पुर्व वडा कार्य समिति उप सभापति लाल बहादुर हमाल र कृष्ण बहादुर कार्की देउवा प्यानेलबाट, त्यस्तै गंग कार्की र कविराज दानीले सिटौला तथा पौडेल पक्षबाट उम्मेद्वारी घोषाणा गरेर कसिएता पनि सभापतिको पद भने युवा नेता चरित्र कार्कीले हात पारेका छन । उसो त नि वर्तमान वडा कार्य समिति सभापति राम बहादुर कार्कीले पनि एक पटक आफुलाई सभापति सुम्पन आग्रह गरेका थिए ।
युवाहरुले लामो समय सम्म बिद्यार्थी राजनिति गरि सक्दा पनि युवाहरुले नेतृत्व किन हातमा लिन सक्दैन भन्ने कुरालाई आत्मसाथ गर्दै वडा कार्य समितिको सभापतिमा चरित्र कार्कीले नेतृत्व हात पारेका हुन । उता ४ जना उम्मेद्वारहरुले एकले अर्काेलाई समहति नदिए पछि युवा नेता कार्कीलाई सर्व समितिबाट सभापतिमा चयन गरेको निवर्तमान वडा कार्य सभापति राम बहादुर कार्कीले लोकतन्त्र विहानी न्युजलाई बताएका हुन ।
भन्छन नपत्याउने खोलाले बगाउछ यस्तै भयो बडीमालिका नगरपालिका वडा नं. १ को वडा अधिबशनमा । जसले उम्मेद्वारी घोषणा गरेर सभापतिको पद नछोड्ने कसीमा लागेका थिए उनिहरु बाहिरिएर युवा नेता चरित्र कार्की सभापति बन्न पुगेका छन । नेता कार्की नेपाली काँगेसको भातृसंघ बिद्यार्थी राजनितिबाट लामो समय देखि बिद्यार्थी राजनिति गर्दै आएकाले उनको नेपाली काँग्रेस प्रतिको लगावको उच्च मुल्याङ्कन गर्दै सर्ब सम्मतबाट बागी उम्मेद्वारबाट सभापतिमा चयन गरेको हो ।
को हुन त नव निर्वाचित वडा सभापति कार्की ?
बडीमालिका नगरपालिका वडा नं. १ पिनालेखमा जन्मिएका नेता कार्की बिगत लामो समय देखी जाल्पा देबि माद्यामिक बिद्यालयमा कक्षा १० सम्मको अध्यायन गर्ने क्रममा नेपाल बिद्यार्थी संघको साधारण सदस्यबाट राजनितिमा प्रबेश भएका थिए । हरेक समयका निर्वाचनहरुमा नेता कार्कीले युवाहरुको नेतृत्व गर्दै पाटी पंक्तीको हितका लागी हत्वपुर्ण रुपमा कामकाज गर्दै आएका थिए । जाल्पादेबि माद्यामिक बिद्यालयबाट एस एल सी पास गरेर धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पस बाट आइकम गरेका थिए । धनगढीमा रहदा पनि उनले नेपाल बिद्यार्थी संघको कैलाली बहुमुखी क्याम्पसबाट राजनिति गर्दै बिद्यार्थीहरुका हक हित र सवालका बिषयमा आवाज उठाउदै आएका थिए ।
बिगतका निर्वाचनहरुमा कार्कीले वडा तथा जिल्ला स्तरमा विपक्षी पाटीहरुले बुद क्याप्चरको आँकालन गर्ने सम्भावना हुँदा पाटीको हित र जनताको न्यायका लागी ढाल बनेर समय समयमा बिभिन्न चोटहरु खाएका थिए । यसरी बिद्यार्थी जीवनबाट नै आफ्नो राजनितिक यात्रा सुरु गरेका कार्कीले काठमाण्डौमा बि.कम पढ्दा पनि बिद्यार्थी राजनिति छोडेन । जहा चरित्र त्यहा काँगेसको भावना बोकेका चरित्रले काठमाण्डौमा बि.कम पढ्दा पनि बिद्यार्थी संघको राजनितिमा लागेर खुल्ला राजनिति गर्दै आएका थिए । यसरी लामो समय सम्मको नेता कार्कीको राजनितिक पृष्ठभुमीको उच्च मुल्याङ्कन गर्दै नेपाली काँग्रेस बडीमालिका नगरपालिका वडा नं. १ को वडा अधिबेशनबाट उनलाई वडा सभापतिमा चयन गरेको एक तथ्यले सावित गरेको छ ।
साताैँ जिल्ला अधिबेशनले वडा स्तरबाटै नेपाली काँग्रेसमा नयाँ पुस्ताले नेतृत्व सम्हालेकाेले अब नेपाली काँग्रेसको नेतृत्व पुस्ता हस्तान्तरण भएको दावी युवाहरुले गरेका छन । गाँउ देखि जिल्ला हुँदै केन्द्र सम्मको नेपाली काँग्रेसको नेतृत्व १४ औँ केन्द्रीय महाधिबेशन तथा सातौँ जिल्ला अधिबेशनले तय गरेको युवाहरुको दावी रहेको छ । नेपाली काँग्रेस बडीमालिका नगरपालिका वडा नं. १ का नव निर्वाचित चरित्र कार्कीका भिनाजु मोहन बहादुर दानी प्रतिपक्ष दलको तर्फबाट नेकपा एमाले ब.न.पा १ का वडा कमिटी अध्यक्ष हुनु हुन्छ । भन्छन राजनितिले नाता छुट्याउदैन फरक धार र फरक विचार हुनु स्वभाविक प्रक्रिया हो । अब आगामी सँघिय निर्वाचनमा भने कस्को ब्रजस्व बढी हुन्छ फरक पार्टीबाट फरक धारमा भिना सालाको राजनितिले वडीमालिका नगरपालिका वडा नम्बर १ काे राजनितिले नतिजा कस्ताे ल्याउछ ? हेर्न भने बाँकी नै छ ।