
धनगढी– मंगलबार देखि कैलालीको गेटा मेडिकल कलेजमा आइसोलेसन निर्माण कार्य सुरु गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डी.सी.सी.एम.सी.) कैलालीको मातहतमा रहने गरी धनगढी उप–महानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा निर्माण कार्य सुरु गरिएको हो ।
उक्त स्थलमा सरसफाई तथा भौतिक संरचना निर्माणका लागि नेपाली सेनाको टोली खटाइएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए। उनका अनुसार होल्डिङ सेन्टरसहित २ हजार क्षमताको आइसोलेसन निर्माण भइरहेको छ। ’तत्काललाई ५ सय बेडको आइसोलेसन बनाइन लागेको भएपनि गेटामा होल्डिङ सेन्टरसहित २ हजार क्षमताको आइसोलेसन बनाउने हाम्रो लक्ष्य रहेको छ’ उनले भने। अबको एक हप्ताभित्रै सेवा समेत सुरु गरिने बताउँदै प्रजिअ रिजालले आफ्नै नेतृत्वमा र्यापिड एक्सन टीम समेत बनाइने जानकारी दिए । स्राेत (दिनेश खबर)