बाजुरा–नेपाली काँग्रेसको १४ औँ महाधिवेशन तथा सातौ जिल्ला अधिवेशन अन्तर्गत पूर्व निर्धारित मितिअनुसार बाजुरामा कांग्रेसको पालिका अधिवेशन आजदेखी सुरु भएको छ ।
जिल्लाका ९ वटै पालिकाका ६९ वटा वडामा वडा अधिवेशन सम्पन्न भइसकेको छ ।त्यसैगरी जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन सुरु हुने भएको छ । बाजुरा निर्वाचन समितीका प्रबक्ता प्रेम रौलेले वडा अधिवेशन सम्पन भई अन्तिम मत परिणाम प्राप्त भइसकेकाले जिल्लाका ९ वटै पालिकामा गाउँ/नगर अधिवेशन सुरू भएको जानकारी दएका छन ।











