धनगढी–शनिबार दार्चुलाको महाकाली नगरपालिका ३ झुस्कुमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ५० वर्षीया द्रोपती बडू रहेकी छन ।
प्रहरीले दिएको जानकारी अनुसार घर नजिकै घाँस काट्न गएका बेला भुईमा खसेको विजुलीको तारबाट एकाएक करेन्ट प्रवाह भएर उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । करेन्ट कसरी लाग्यो भन्नेकारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
दिनेश खबरबाट साभार











